arrow

फलफूल बजार आक्रमणको फ्रिक्रि नगरी वधशाला छिरे आपुर्ति मन्त्री

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
aapurti-mantri-masu-anugamn.jpg.jpeg
काठमाडौँ  । केही दिन अघि बल्खुको फलफूल बजारमा अनुगमनमा गएका आपुर्ति मन्त्री गणेशमान पुनको टोलीलाई व्यापारीले फलफूल र बन्दा प्रहार गरे । यद्यपि, मन्त्री पुनले अनुगमनलाई छोडेनन् । 
 
विहिबार मात्रै काडमाडौंमा संचालित स्वास्थ्य क्लिनिक नियालेका उनी शुक्रबार विहानै पशु पंक्षीको वध हुने वधशाला छिरे । वधशाला पुग्दा उनले फलफूल बजारको आक्रमणको फिक्रि लिन छाडिसकेका थिए । तर आपुर्तिमन्त्रीले जब मासुमा किरा परेको देखे उनी रिसले रन्थनिए । किरा परेको मासु बेच्नेको पसल शिलबन्दी गर्न भने । 
 
अनुगमनका क्रममा संगै रहेका संचारर्मीसंग आपूर्ति मन्त्री पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताए । आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतको टोलीले गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको वधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि मन्त्री पुनले सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताए । 
 
मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भने, ‘उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।’ सो वधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने बताइएको छ । 
 
तत्काल सिलबन्दी गर्दा उक्त वधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ । सफा गरेपछि साँझसम्ममा सो मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए । 
अनुगमन टोलीले कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त स्थानमा खासै समस्या देखिएन । 
 
झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र आज चौँथो दिन मासुको स्थलगत गनुगमन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ