arrow
ADVERTISEMENT

हिलारी क्लिन्टनको इमेल प्रकरण पुनः छानबीन हुने

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
hillary-clinton.jpg.jpeg
वासिङटन । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ । 
 
हिलारीले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गरेकी थिइन् । यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको छ । उनि आगामी निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेकाले पनि यस विषयलाई झनै विवादमा ल्याइएको हो । 
 
अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बीले यस विषयको छानबीनका लागि मन्त्रालयले पुनः यसको समीक्षा गर्ने भएको जानकारी दिए । तर यसअघि भने अब त्यस विषयमा कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही गर्नुनपर्ने भनी समाचार आएको थियो । 
 
केही दिनमात्र अघि अमेरिकाका महान्यायाधिवक्ताले यस विषयमा क्लिन्टनलाई कुनै पनि किसीमको वा फौजदारी अभियोग लगाउन नमिल्ने सार्वजनिक जानकारी गराएका थिए । 
 
तर यस कारबाहीको विषयमा केही नभनेको भएपनि अमेरिकी विदेशमन्त्रालयले भने यस मुद्दालाई उक्त मन्त्रालयले एकपटक पुनः समीक्षा वा पुनरावलोकन गर्ने भएको जनाएको हो । 
 
बिहीबार विदेशमन्त्रालयका प्रवक्ता कर्बीले यस विषयमा पुनः अनुसन्धान गरिने बताएको विभिन्न सञ्चारमाध्महरुले जनाएका छन् । तर सो कस्तो किसीमको छाबीन हो र कहिलेसम्ममा यो छानबीन पूरा हुने हो भन्ने बारेमा भने केही बताइएको छैन । 
 
पूर्व विदेशमन्त्री क्लिन्टनलाई उनि आफू विदेशमन्त्री भएको समयमा आफ्ना निजी कुराहरुको पत्राचारका लागि किन कार्यालयको इमेल सर्भर प्रयोग गर्नुभएको थियो भन्ने बारेमा निकै प्रश्न गरिएको थियो ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ