arrow

छोड्नुपर्ने तीन स्वभाव

logo
विदुर नीति,
प्रकाशित २०७८ असार ३० बुधबार
vidur-niti1.jpg

महात्मा विदुर महाभारतका एक बौद्धिक व्यक्ति थिए। कुशाग्र बुद्धि र दूरदर्शी हुनाको साथै स्वभावमा अत्यन्त शान्त र सरल थिए । यही कारण उनी भगवान् श्रीकृष्णलाई पनि प्रिय थिए। जब कृष्ण महाभारत युद्ध अघि शान्ति प्रस्ताव लिएर कौरवको अगाडि गएका थिए, विदुरको मा बसेका थिए । उनी महाराज धृतराष्ट्र र पाण्डु जस्तै  महर्षि वेद व्यासका छोरा थिए ।  उनी एक दासीको गर्भबाट जन्मेका कारण हस्तिनापुरको राजा बन्न सकेनन् । सबै गुणले परिपूर्ण उनी  हस्तिनापुरका महामन्त्री थिए । त्यसैले महाराजा धृतराष्ट्रले महत्त्वपूर्ण मामिलामा विदुरसँग परामर्श गर्थे र सबै कुरा खुलेर चर्चा गर्ने । 

विदुर र धृतराष्ट्र बिचको संवादका महत्त्वपूर्ण अंशलाई विदुर नीति भनिन्छ। विदुर नीतिमा तीन यस्ता खराब बानीहरू  वा व्यक्तिको स्वभावको बारेमा उल्लेख गरेको छ जसको कारणले मनुष्यको आत्माको नाश हुन्छ । यी बानीहरू उसको लागि नर्कको ढोका खोल्छ, साथ साथै जीवन पनि कष्टकर हुन्छ, त्यसैले मानिसले यी बानीहरू तुरुन्तै त्याग्नुपर्दछ।

त्रिविधं नरकस्येदं द्वारम नाशनमात्मन: ।
काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्।।
यस श्लोकका अनुसार सबैभन्दा पहिले मनुष्यलाई अत्यधिक काम भावनाले सधैँ पतन तर्फ लग्छ भनिएको छ , मनुष्यले सधैँ काम भावना माथि नियन्त्रण गर्नुपर्दछ। जब एक व्यक्तिमा अत्यधिक काम भावना हुन्छ तब उसको ध्यान कुनै पनि काममा केन्द्रित गर्न असमर्थ हुन्छ। कयौँ पटक यस कारणले गर्दा व्यक्ति गलत कार्यहरूमा अग्रसर हुन्छ। जसको कारण व्यक्तिको लागि नरकको ढोका खोलिन्छ। एक मनुष्यले आफ्नो इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुपर्छ र अत्यधिक वासनालाई त्याग्नु पर्छ। 

क्रोध
सबै  मानिसहरू लाई हाँसो, रुनु र क्रोधित हुनु स्वाभाविक हो, तर अत्यधिक क्रोध भनेको त्यस्तो आगो हो जसले अरू सँगसँगै आफैँलाई पनि जलाउँछ। जब एक व्यक्ति रिसाउँछ, उसले त्यस समयमा सही र गलतको वास्ता गर्दैन। उसको सोच्ने र बुझ्ने क्षमता नष्ट हुन्छ। धेरै चोटि व्यक्ति आवेगमा आएर गलत कार्यहरू गर्दछ, जसको कारण उसले दुष्परिणामहरू पनि भोग्नुपर्दछ। कयौँ पटक व्यक्ति आफ्नै अहितको काम गर्दछ । मानिसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्न सिक्नुपर्दछ। धेरै प्रयास गरेर क्रोधलाई त्याग गर्नुपर्छ।

लोभ
लोभ वा लालच व्यक्तिको सबैभन्दा खराब बानी हो। जो व्यक्ति आफ्नो मनमा अरूको चीज वा धन देखेर लालच गर्दछ उसको अन्तरात्माको नाश हुन्छ । लोभको कारणले मानिस अनुचित काम गर्न अग्रसर हुन्छन् जुन एक दिन आफ्नै विनाशको कारण बन्छ। व्यक्तिले लोभलाई त्याग गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ