arrow

बंगलादेशविरुद्ध खेल्ने फुटबल टोली तयार, कप्तान घोषणा हुन बाँकी

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
nepali-teem-bang-new-fnl.jpg.jpeg
काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि २१ सदस्यीय नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रबार  र आइतबार बंगलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेलका लागि २१ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।
 
टोलीको कप्तान घोषणा हुन भने बाँकी रहेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले जानकारी दिए । उनले भने, ‘हालसम्म कप्तान को भन्ने तोकिएको छैन । अनिल सिनियर हो, उसैले जिम्मेवारी पाउँछ होला ।’ खेल तय भएपनि ढाकाको कुन स्टेडियममा हुने भन्ने तय भएको छैन । 
 
नेपाली टोलीका सिनियर खेलाडी अनिल गुरुङले अफिसियल रुपमा आफुलाई जिम्मेवारी भएपनि अहिले सम्म कप्तान घोषणा नभएको बताए । हाम्राकुरासंग उनले भने, ‘हाल सम्म औपचारिक रुपमा जिम्मेवारी दिइएको छैन । हामी २९ गते बंगलादेश जाने छौं । असार ३१ र साउन २ गते खेल छ ।’ अनिलले गत जेठमा लाओस संगको मैत्रीपूर्ण खेलमा खेल्न नसकेपछि विराज महर्जनले खेल सम्हालेका थिए । अनिल अस्वस्थ भएका कारण खेल्न सकेका थिएनन् । खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसअघि मलेसियाको ओलम्पिक टोलीसंग समेत नेपालले १–१ को बराबरी खेलेको थियो । 
 
करिब १ महिना सम्म चलेको अभ्यासबाट ३ गोलकिपर, ९ डिफेन्डर, ५ मिल्डफिल्डर र ४ फरवार्ड गरि कुल २१ सदस्य टोली बनेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले टोली सशक्त बन्दै गएको बताएका छन. । कोजी आएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमै नेपालले सम्मानजनक प्रर्शन गरेको थियो । बंगलादेशमा हुने १२ औं साफ च्याम्पियनसिप अघि कुनै अन्तर्राष्टिय प्रतियोगिता खेल्ने तालिका नभएपछि टोलीलाई अभ्यस्त राख्न मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको एन्फाले जनाएको छ । 
 
टोलीमा को–को छन् ? 
 
गोल किपर 
किरन कुमार लिम्बू
विकेस कुत्थु
विशाल श्रेष्ठ
 
डिफेन्डर 
बिराज महर्जन
दिनेश राजवंशी
अन्नत तामाङ
आदित्य चौधरी
जितेन्द्र कार्की 
देवेन्द्र तामाङ
रविन श्रेष्ठ
रन्जित धिमाल 
मान बहादुर तामाङ
 
मिल्डफिल्डर
सुजन श्रेष्ठ
विशाल राई
राजेन्द्र रावल
अन्जन बिष्ट
सुमन लामा
 
फरवार्ड
नवयुग श्रेष्ठ
भरत खवास
रन्जन बिष्ट
अनिल गुरुङ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ