arrow

दाहालले ओलीलाई निवासमै पुगेर तर्साए

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासमै गएर तर्साएका छन् । विहान बालुवाटार पुगेका अध्यक्ष दाहालले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको र आफुहरुसंग भएको सहमतिबारे मौन बसेको भन्दै अब धेरै दिन सहेर नबस्ने भन्दै तर्साएका हुन् ।
 
ती दुईको छलफलबारे प्रेस सल्लाहकार, प्रेस संयोजक र निजि सचिव बेखबर छन्। प्रेस सल्लाहकार प्रमोद दाहालले ए हो र कतिवेला छलफल भो थाहा भएन–भने । यस्तै, प्रेस संयोजक चेतन अधिकारीले आफुलाई थाहा नभएको सुनाए। निजी सचिव रमेश भट्टराईले यसबारे प्रेस सल्लाहकारलाई सोध्नुस् -भने । 
 
दाहाल र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक घटनाक्रम र विहिबारबाट सुरु भएको राष्ट्रिय सहमतिको सरकारको वातावरणबारे समेत छलफल भएको बुझिएको छ । 
 
दाहालले प्रधानमन्त्रीलाई मधेस मुद्दालाई समेत गम्भीर रुपमा लिन भनेका थिए । आफुहरुसंगको ९ बुँदे सहमति बारे आफ्नो पार्टीको केन्द्रीय कार्यालय तथा पोलिट व्यूरो बैठकले गरेको निर्णय समेत दाहालले ओलीलाई सुनाएका छन् । ओली छलफल सकिएलगत्तै धुलिखेलमा सचिवहरुको बैठकका लागि बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ