arrow

'स्याङ्जाको कफी जापान पुग्यो'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार २४ शुक्रबार
coffee-plant.jpg.jpeg
स्याङ्जा।  स्याङ्जामा उत्पादित कफी जापान निर्यात गरिएको छ । जिल्ला कफी ब्यावसायी संघ स्याङजाले यसबर्ष ६ मेट्रिक टन ग्रीन वीन ( ६ हजार किलो ) कफी जापान निर्यात गरेको हो । यहां उत्पादित कफी जापानको नागोया शहर स्थित शान्ति कफी कम्पनीलाई निर्यात गरिएको हो ।
 
 नेपाली मूल्य अनुसार ५१ लाखको स्याङ्जाको कफी जापान निर्यात भएको हो । स्याङजामा उत्पादित कफी अर्गानिक र स्वादिलो भएको बताउदै जापानीजहरुको धेरै माग भएको बताउछन जापानीज स्वयंसेवी इकेसिमा हिदेकुसा पनि । यहाको कफी उत्पादन जति बढे पनि जापानमा बजारको कमी छैंन हिदेकुसा भन्छन् । कफी अध्ययनका लागि उनी बिगत ३ बर्षदेखि पुतलीबजार नगरपालिका १३ मायाटारीमा बस्दै आएका छन् ।  
 
किसानले कफीको मुल्य राम्रो पाएसंगै स्याङ्जामा कफी रोप्नेहरुको संख्यामा पनि  बृद्धि भएको छ । गतबर्षको तुलनामा यसबर्ष स्याङ्जाको कफी उत्पादन भने कम भएको   छ । गतबर्ष प्रतिकुल मौसम, कफी फुल खेल्ने समयमा आएको असिनापानीले कफीका बोटै लछारेको र फुल समेत खेल्न नपाएको कफी किसानको भनाई छ । पंचमूल गाविसबाट गतबर्ष ११ हजार किलो कफी पठाएको बताउने गुरुदत्त ढकालले यसबर्ष १५ सय किलो पठाएको बताए । 
 
    यसबर्ष ४ मेट्रिक टन ( ४० हजार किलो) कफी उत्पादन भएको छ । जापान निर्यातका लागि ६ टन ग्रीनबीन र हाईल्याण्ड कफी प्रमोशन कम्पनी लिमिटेड कम्पनीमा  ३० हजार ७ सय ५० किलो पार्चमेन्ट कफी पठाइएको हो । जापान निर्यातबाट ५१ लाख र हाइल्याण्ड कफीबाट १ करोड ३८ लाख ३७ हजार ५ सय रुपैंया स्याङ्जामा आएको कफी सहकारी संघका लेखा ब्यवस्थापक माया तिवारीले जानकारी दिईन । त्यसो त, यसबर्ष कफीबाट मात्र स्याङ्जाले १ करोड ८९ लाख ३७ हजार ५ सय रुपैंया आम्दानी गरेको छ ।  ग्रीनबीन प्रतिकिलो ८ सय ५० रुपैंया र पार्चमेन्ट ४ सय ५० रुपैंयामा बिक्री हुदै आएको छ ।    
 
       
  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ