arrow

सामुदायिक रेडियो प्रशारक स‌ंघको महाधिवेशन असोज १२ गते

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
ACORAB.jpg.jpeg
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघले आफ्नो आगामी महाधिवेशन असोज १२ गते गर्ने भएको छ । केन्द्रमा मनोनित सहित २७ जना र हरेक प्रदेशमा नौं सदस्य रहने संघले प्रादेशिक अधिवेशन भने भदौ २७ गते गर्ने भएको छ । शुक्रबार काठमाडौंमा बसेको संघको सचिवालयको बैठकले मिति निर्धारण गर्दै सातैवटा प्रदेशमा निर्वाचन गराउनको लागि केन्द्रीय प्रतिनिधि समेत छनोट गरिसकिएको संघका वरिष्ठ उपाध्यक्ष किशोरजंग थापाले जानकारी दिए । 
 
संघको केन्द्रमा अध्यक्ष सहित एक जना वरिष्ठ उपाध्यक्ष, जनजाति, महिला, मधेशी र दलित गरी ४ जना उपाध्यक्ष, महासचिव, सचिव र कोषध्यक्ष सहित १० जना निर्वाचित सदस्य र बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ । देश भरी रहेका प्रत्येक सामुदायिक रेडियो प्रशारकहरुबाट एक रेडियो एक प्रतिनिधि रहने व्यवस्था रहेको संघमा हाल करिब ३ सय वटा रेडियोको सहभागिता रहने बताईएको छ । 
 
महाधिवेशनको लागि निर्वाचन समितिको छनोट भने केन्द्रीय समितिको बैठकबाट मात्रै गर्ने निर्णय भएको पनि वरिष्ठ उपाध्यक्ष थापाले जानकारी दिए । सात जिल्लाको केन्द्रीय प्रतिनिधिहरूमा प्रदेश नं १ को लागि उपाध्यक्ष अर्जुन राई, प्रदेश नं २ को लागि उपाध्यक्ष तुलसीराम यादव, प्रदेश नं ३ को लागि कोषध्यक्ष सुभाष खतिवडा, प्रदेश नं ४ को लागि उपाध्यक्ष याम कुमारी केसी, प्रदेश नं ५ को लागि सचिव अर्जुन गिरी, प्रदेश नं ६ को लागि निवर्तमान अध्यक्ष मीन बहादुर शाही र प्रदेश नं ७ को लागि शेरधन थापालाई तोकिएको वरिष्ठ उपाध्यक्ष थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ