arrow

गौहत्या गर्ने एक पक्राउ, अन्य फरार

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
Hatkadi-2.jpg.jpeg
राजविराज । गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ । 
 
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।  
 
मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 
यस्तै दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले आजै पक्राउ गरेको छ । चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा १० हजार ४ सय २० जरिवाना गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ