arrow

२३ मन्त्रालयको विनियोजित बजेट माथिको छलफल सकियो, २९ गते बजेट पारित गर्ने तयारी

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्मा जारी विनियोजन बजेट माथिको छलफलमा शुक्रबारसम्म २३ मन्त्रालयमाथि को छलफल सम्पन्न भएको छ ।  आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट माथि सांसद्हरूले राखेको जिज्ञासामा २३ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने काम सकिएको हो । 
 
व्यवस्थापिका संसद्मा भर्खरै सकिएको बैठकमा २३ मन्त्रालय माथिको विनियोजित बजेट माथिको छलफल सम्पन्न भएको संसद् सचिवालयले जनाएको छ । गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७३/७४ को लागि विनियोजित बजेटमाथि सांसद्हरूले राखेको प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले दिने जवाफ अब जम्मा ६ वटा मन्त्रालयकोमात्रै बाँकी रहेको पनि सचिवालयले जनाएको छ । 
 
अब बाँकी रहेका ६ वटा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको लागि भएको विनियोजन माथिको छलफल शनिबार अपरान्ह १ बजेपछि गर्ने कार्यतालिका सचिवालयको छ । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालय माथि विनियोजित बजेट माथि छलफल गर्न बाँकी रहेको छ । 
 
शनिबार जारी बैठकमा यी मन्त्रालय माथिको छलफल सम्पन्न गरेर आउँदो २९ गते बजेट पारित गर्ने तयारी रहेको पनि संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । उनले बजेटसँग सम्बन्धित आर्थिक विधेयक पारित गरेसँगै बजेट पारित हुने भन्दै अहिलेसम्मको कार्यतालिका अनुसार आउँदो २९ गते बजेट पारित गर्ने तयारी रहेको जानकारी दिए । उनले भने ‘२८ गते पारित गर्ने कार्यतालिका परिवर्तन हुनपनि सक्छ तर अहिलेसम्मको कार्यतालिका अनुसार २९ गते पारित गर्ने तयारी रहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ