arrow
ADVERTISEMENT

नेटो सम्मेलनका एजेण्डा बेलायतको बहिर्गमन र रसिया

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
nato.jpg.jpeg
वार्सा । वार्सामा शुक्रबार हुन लागेको नेटो सम्मेलनका प्रमुख एजेण्डा हालैमात्र जनमतसंग्रहको आदेशबाट युरोपेली युनियनबाट हुन लागेको बेलायतको बहिर्गमन र रसिया हुने भएका छन् । सो सम्मेलनमा पछिल्लो समयका यी दुई फरक फरक प्रसँगले बहसको रुप लिनसक्ने अनुमान पनि गरिएको छ । पर्यवेक्षकहरुले यस सम्मेलनको बहसमा अधिकांस समय यी पक्षले लिने देखिएको बताएका छन् । 
 
बेलायतको नाटकीय सम्बन्ध विच्छेदले यस सम्मेलनमा राम्रैसँग स्थान पाउने भएको छ । बेलायतको बहिर्गमनपछि उसको अवस्था र युरोपेली संघको भविश्यका बारेमा यथेष्टमात्रामा छलफलमा स्थान पाउने बताइएको छ । यस सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि सहभागिता रहने छ । उनले यस सम्मेलनका क्रममा नै युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्क र युरोपेली कमिसनका प्रमुख जिन क्लाउडसँग भेटवार्ता गर्नेछन् । 
 
यस वार्ताका क्रममा विशेषगरी उनले युरोपेली युनियनको आगामी दिनको कार्यक्रम, बेलायतको बहिर्गमनपछिको भविश्यका साथै अरु पनि यससँग सम्बन्धित विषयमा कुराकानी गर्ने बताइएको छ । राष्ट्रपति ओबामाले आजै युरोपेली युनियन र बेलायतले आफ्नो अलग्गिने निर्णयको कार्यान्वयन व्यवस्थित हिसाबले गर्ने र त्यसले आगामी दिनमा यी द्विपक्षीय सम्बन्धको विस्तारमा नयाँ आयाम ल्याउनसक्ने धारणा राखेका छन् । 
 
त्यसैगरी यस सम्मेलनको अर्को एजेण्डा रसिया हुने देखिएको छ । पछिल्लो समयमा रसिया र यसले युक्रेनका विषयमा लिएको नीतिले विवाद सिर्जना गर्दै आएको छ । युक्रेनमा भित्रभित्रै रसियाले सेना पठाएको आरोप पश्चिमा मुलुकहरुको छ । तर रसियाले यस विषयको कडा रुपमा खण्डन गर्दै आएको छ । जसका कारण रसिया र पश्चिमा देशहरुको बीचमा विगतका केही वर्षयता सम्बन्ध बिग्रिँदै गएको छ । 
 
हालैमात्र जर्मन चान्स्लर एन्जिला मर्केलले पनि रसियाका कारण पश्चिमा राष्ट्रहरुको नेटोप्रतिको विश्वसनीयता घट्दै गएको धारणा राखेकी थिइन् । उनले रसियाको कडा शब्दमा विरोध पनि गरिन् । त्यसैले यस नेटो सम्मेलनमा रसियाको बारेमा पनि कडा मात्रामा विरोध आउने अनुमान गरिएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ