arrow

‘विदेशमा रहेका अवैधानिक कामदारको समस्या समाधान गर्न ऐन आओस्’

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
bidesh-jane.jpg.jpeg
काठमाडौँ । विदेशमा अवैधानिक रुपमा काम गरिरहेका नेपाली कामदारलाई समस्या पर्दा कानुनी जटिलताका कारण सहयोग पाउनबाट वञ्चित हुनु परेको जुनासो बढेको छ । 
 
प्रवासी नेपाली समन्वय समितिले अलेखबद्ध कामदारको समस्याको बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान वैदेशिक रोजगार ऐन २०६४ मा त्यस्ता अवैधानिक कामदारलाई कुनै किसिमको सहयोग र क्षतिपूर्तिको प्रावधान नरहेकाले त्यसलाई सच्याउनुपर्ने भन्दै गुनासो सुझाइएको हो । 
 
पत्रकार सम्मलेनमा अहिले ऐन संशोधनको प्रक्रियामा रहेकाले त्यस्ता कामदारको मृत्यु, घाइते वा बिरामी परेको अवस्थामा न्यूनतम सेवा, क्षतिपूर्तिको व्यवस्था ऐन संशोधन गर्दा ध्यान दिनु पर्ने आवाज उठ्यो । 
 
विदेशमा गएपछि कम्पनी छोडेर नयाँ कम्पनीमा काम गर्ने, समयावधि सकिएपछि पनि बस्ने, पर्यटक प्रवेषाज्ञामा गएर लुकेर काम गर्ने, अवैधानिक बाटोबाट विदेश जानेजस्ता कार्यले बर्सेनी विदेशमा नेपाली कामदार अलेखबद्ध रुपमा बसिरहेको प्रवासी नेपाली समन्वय समितिका कार्यक्रम अधिकृत कृष्णशोभा सुवालले बताए । 
 
अलेखबद्ध कामदारले जेल पर्ने, मानसिक समस्याको सिकार हुने, कम तलब पाउने, मुद्दा पर्ने, सामाजिक सुरक्षा नहुनेजस्ता समस्या रोजगारीको बेला व्यहोर्नुपरेको छ । यस्ता कामदार कुनै दुर्घटनामा परे क्षतिपूर्ति नपाउने, कानुनी उपचार नपाउने, उद्धार कार्यमा कठिनाइ हुनेजस्ता समस्या पर्ने गरेको सुवालले सुनाए । 
 
कार्यक्रममा साउदी अरबमा सडक दुर्घटनामा मारिएका चितवनका वीरबहादुर राईका आफन्तले ११ महिना पुग्दासमेत आफूहरुले शव नपाएको दुखेसो गरे  ।  त्यस्तै मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका महेशकुमार मण्डललाई डेङ्गु भएपछि स्वदेश आउन परेको कठिनाइ र उपचारमा परेको समस्याका बारेमा उनका दाइ गणेश मण्डलले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ