काठमाडौं। नेकपा एमालेका सांसद भीम रावलले सङ्घीय संसद्को सांसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने केही समय अघि एमाले सांसद रावलको राजीनामा आएको हो।
एमाले माधव नेपाल समूहका नेता तथा कार्यदलका सदस्य रावल एमाले विवादको उत्तरार्धतिर केपी ओलीको सम्पर्कमा रहेका थिए भने पार्टीलाई एक बनाउन कार्यदल मार्फत सक्रिय थिए।
सांसदबाट राजीनामा दिँदै रावलले आफू अस्वस्थ राजनीतिमा संलग्न नहुने जनाएका छन्। यद्यपि उनको राजीनामाले एमाले वृत्तमा भने खास गरी नेपाल पक्षमा भने तरङ्ग पैदा गरेको छ।