arrow

देवव्रत को थिए, किन जन्मिए गङ्गाको छोरा बनेर ?

logo
महाभारत २,
प्रकाशित २०७८ साउन ३ आइतबार
Bhishma-Pitamah.jpg

रानी गङ्गाले आफ्नो आठौँ पुत्रलाई नदीमा डुबाउँदै गरेको देखेर  शन्तनुले आफूलाई नियन्त्रण गर्न सकेन । उनी जोरसँग चिच्याए, "रानी, ​​तिमी कस्तो किसिमकी महिला हौ, जो आफ्नै सन्तानको मृत्युको कारण बनिरहेकी छौँ?" यदि तिमिले यसरी नै प्रत्येक बच्चाहरूको हत्या गरिरह्यौ भने कुरूँ वंश निरवंश नै रहनेछ। मेरो उत्तराधिकारी को हुनेछ?

सन्तान प्रति राजालाई  यस प्रकारले दुखी देखेर गङ्गाले शान्त स्वरमा भनिन्, "महाराज, तपाईँको निम्ति म यो बच्चालाई जीवित छोड्छु। तर तपाईँले मेरो सर्तलाई तोड्नुभयो, त्यसैले अब म जानु पर्छ। म विवश छु। "

गङ्गाले उनलाई सदाका लागि छोड्ने जानेर शन्तनु दुःखी भए। तर पहिला उनले  गङ्गाले आफ्नै बच्चाहरूलाई किन मारिन् त्यसबारे जान्न चाहे । यस कारण शन्तनुले गङ्गालाई भने, "रानी, ​​यो मेरो दुर्भाग्य हो कि तिमिले मलाई छोडेर जादैँछौ, तर जानु भन्दा अघि तिमीले मलाई यति अवश्य भन्नु पर्छ कि तिमीले यी सबै किन गर्‍यौ?"

राजाले सोधेको प्रश्नबाट दुखी हुँदै गङ्गाले भनिन्, "राजन, म यस नदीकी देवी गङ्गा हुँ। मैले यी आठ बच्चाहरूलाई जन्म दिनको लागि मात्र मानव रूप लिएँ। मैले तपाईँसँग विवाह पनि गरेँ किनभने तपाईँ मात्र यी सन्तानका बुबा बन्न योग्य देखे। यी आठ बच्चाहरू वास्तवमा अष्ट वासु थिए। अतीतमा  यिनीहरूले ऋषि वशिष्ठको गाई नन्दिनी चोरी गर्ने पाप गरेका थिए ।  जसका कारण ऋषि वशिष्ठले यिनीहरूलाई पृथ्वीमा जन्मने श्राप दिए। मुक्तिको प्रार्थना गर्नाले ऋषिले सात वसुहरूलाई जन्म लिँदै शरीर छोडेर स्वर्गमा जान अनुमति दिएका थिए, तर आठौँ वासुलाई जसले आफ्नी पत्नीको सन्तुष्टिका लागि सारा षडयन्त्र रचेका थिए। यो आदेश दियो कि ऊ पृथ्वीमा एक सर्वगुण सम्पन्न योद्धाको जीवन जिउनेछ तर उसले जीवनभर ब्रह्मचर्यको अनुसरण गर्नुपर्नेछ। "

यी सबै कुरा बताएपछि गङ्गाले शन्तनुलाई भनिन्, "महाराज, तपाईँको यस बालकलाई आफूसँग लिएर जादैछु ताकि यसले ती विपत्तिहरूलाई सहन गर्न योग्य बनाउन सकूँ जो यसले  ऋषि श्रापका कारण भविष्यमा भोग्नु पर्ने छ । ती सम्पूर्ण कुराहरूबाट योग्य बनेपछि तपाईँको छोरो पुन तपाईँले पाउनुहुनेछ । '

यो पनि पढ्नुस् :



नयाँ