arrow

दुई भारतीय लुटेरा पक्राउ

logo
प्रकाशित २०७३ असार २५ शनिबार
nepal-police-Fn.png.png
भीमदत्तनगर। शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पद्म थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिनुभयो । 
 
बजारको सब्जीमण्डीमा किनमेल गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुबै भारतीय भारततर्फ भागिरहेका बेला प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 
 
उनीहरुको साथबाट लुटेर लगेको सिक्री र एक थान भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको दुबैजना नेपालमा लुटपाट र चोरीका घटनामा संलग्न हुँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ