arrow

सर्पले डस्दा बालकको मृत्यु

logo
प्रकाशित २०७३ असार २५ शनिबार
snakebite.jpg.jpeg
कावासोती । नवलपरासीको कावासोतीमा सर्पले डस्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । कावासोती –२ विपीचोक निवासी सचिन भण्डारीका छोरा रिसिद भण्डारीको गएराति सर्पले डसेर मृत्यु भएको हो । 
 
लुम्बिनी बोर्डिङ स्कुल कावासोतीको कक्षा– १ मा अध्ययनरत भण्डारीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको लुम्बिनी बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जानकारी दिए  । 
 
रातको समयमा सर्पले डसेपछि उपचारका लागि बालकलाई चितवन लगिएको थियो । नवलपरासीको नवलपुर क्षेत्र विषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्सेनि १०-१५ जना सर्पको डसाइबाट मर्ने गरेका छन् । 
 
आइसियु कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुँदा सर्पदंशका बिरामीहरुको समयमा उपचार हुननसकी ज्यान जाने गरेको कालीगण्डकी सामुदायिक अस्पतालका प्रमुख डा गोपाल खनालले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ