arrow

‘स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन’

सरकार फेरिँदैमा समस्या सुल्झँदैन

logo
प्रकाशित २०७३ असार २५ शनिबार
Baburam-bhattrai-stage.jpg.jpeg
उर्लाबारी (मोरङ) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन् । 
 
नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताए । आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उनले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिए ।
 
सरकार फेरिँदैमा समस्या सुल्झँदैन 
डा भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गरेका छन् । नयाँ शक्तिले आज बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताए । उनले भने , “अहिले सरकार फेरबदलमा केही दल लागे पनि यसले मुलुकमा देखिएको समस्या हट्न सक्दैन ।” 
 
उनले हालको व्यवस्थालाई संविधान संशोधनमार्फत नै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको औँल्याउँदै संविधानमा नसमेटिएका विभिन्न विषयको समाधान खोज्न दलहरु एक भई अगाडि बढ्नुपर्ने धारणा राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ