arrow

सेवाग्राहीको भीड बढेपछि रोल्पामा शनिवार पनि बैंकिङ्ग सेवा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २५ शनिबार
nepal-bank.jpg.jpeg
रोल्पा । नेपाल बैंक लिमिटेड रोल्पाले  शनिवारको दिन पनि दिनभरी सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गरेको छ । आर्थिक वर्ष अन्त्य हुँदै गर्दा नेपाल बैंक लिमिटेड रोल्पामा अत्यधिक मात्रामा सेवाग्राकहीको चाप बढेपछि बैंकका कर्मचारीहरु निकै ब्यस्त बनेका छन् । 
 
सेवाग्राहीहरूको भीडको कारणले कर्मचारीहरुको व्यस्तता समेत बढ्न थालेको छ । सामान्यतया असार महिनाभरी नै बैंक परिसरमा सेवाग्राहीको चहल पहल देखिए पनि १५ गते यता बैकमा सेवाग्राहीहरूको भीड बढ्न थालेको हो । आर्थिक वर्षको अन्तिममा विद्यालको तलव, पेन्सन तथा नयाँ खाता खोल्नेहरूको अत्यधिक भीड लाग्ने गरेको बैंकले जनाएको छ । 
 
बैंकले दिएको जानकारी अनुसार पछिल्लो समय दैनिक करिव एक हजार बढी सेवाग्राहीहरु बैंकिङ्ग कारोबारका लागि आउने गरेका छन् । यसरी सेवाग्राहीहरूको भीड बढ्न थालेपछि बैंकले केहीदिन यता विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवाग्राहीहरुलाई सुविधा दिइराखेको नेपाल बैंक लिमिटेड रोल्पाका शाखा प्रवन्धक प्रमोद आचार्यले जानकारी दिए । उनका अनुसार सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै आज शनिवार पनि दिनभरी सेवा प्रदान गरिएको हो । 
 
कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामगर्न अत्यन्त कठिनाइ हुने गरेको उनको भनाइ छ । “१५ जनाको दरबन्दी भएपनि जम्मा ११ जना छौं ।’ आचार्यले बताए ‘त्यसमध्ये कार्यालय सहयोगी र गार्ड बाहेक ७ जनाबाट दैनिक सेवा प्रदान गर्दै आएका छौं ।’ सम्वन्धीत कार्यालयले समूहको नयाँ खाता खोल्दा प्रकृया नपुर्‍याई खाता खोल्न पठाउने भएकोले पटक पटक यौटै काम गर्नुपर्दा समस्या सिर्जना भएको र सेवाग्राहीलाई पनि सास्ती भएको आचार्यको भनाई थियो ।
 
 यस्तै शाखा सहायक प्रवन्धक पुष्करलाल शिल्पकारका अनुसार राजश्व तथा भौचर बुझाउदा सम्वन्धीत कार्यालयले नगदी रसिद काटी बुझ्नु पर्ने भएपनि सम्पूर्ण रकम बुझ्ने जिम्मेवारी बैंककै भरमा छोडिदिने भएको हुँदा पनि कामको चाप बढेको बैंकले जनाएको छ । 
 
यसरी भीड बढ्दैगएपछि सेवाग्राहीहरू समेत समस्यामा परेका छन् । बाल विकास प्रा.वि. बोरिबाङ रोल्पाका प्रधानाध्यापक देवबहादुर सुनार शिक्षकहरुको तलव निकासाका लागि बिहानैदेखि लाइनमा बसेको भएपनि दिउँसो अबेरसम्म पनि पालो नआएको बताउँछन् । ‘१०बजेदेखि लाइनमै बसेका थिए ।’ उनले भने ‘अत्यन्त 
भीडभाड छ, साँझ करिव ५ बजेसम्म पालो आउँछ कि ?’ 
त्यसैगरी खोरिया प्रावि भालुकोट राङ्कोट रोल्पाका शिक्षक विरवल वलीले सेवाग्राहीको लाइन भद्रगोल बन्दा सुत्केरी महिला, अपांग तथा बृद्धबृद्धाहरुलाई असहज भएको बताए । उनी पनि विद्यालको तलव निकासाका लागि बिहान १० बजेदखि लाइनमै पालो कुरिराखेको भन्दै बैंकको भीडले लामो समयसम्म बैंकमा लाइन बसेर सेवा लिनुपर्ने अवस्था दुखद् रहेको गुनासो पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ