एजेन्सी । श्रीमतीलाई चलचित्र 'सुल्तान' हेर्न लैजाने एक व्यक्तिले 'सुल्तान' जस्तै व्यवहार देखाएका छन् । उक्त व्यक्तिले हिमाञ्चल प्रदेशको हमीरपुर शहरमा सुल्तान हेर्नको लागि पुरै सिनेमा हल बुक गरेका छन् ।
शंकर मुसाफिर नाम गरेका सो व्यक्तिले आफ्नो श्रीमती गीतांजलिको लागि बिहिबार चलचित्र रिलिज हुनु पुर्व पुरै सिनेमा हल बुक गराएका हुन् । गीतांजलि सलमान खानको प्रशंसक हुन्।
मलका प्रबन्ध निर्देशक अमित ठाकुरले भने , "हामिले सोचेका थियौ शंकरले १२० जना मानिस ल्याउछन् भनेर तर उनि त केवल श्रीमती लिएर आए ।" शंकरको यसै बर्ष गीतांजलिसँग विवाह भएको हो ।