- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएका बताएका छन् ।
बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले मुलुकले अबलम्बन गरेको बाटो नै परिबर्तन गर्नुपर्ने बताएका हुन् ।
शेर बहादुर देउवा नेतृत्वमा बनेको गठबन्धनको सरकारबाट जनतामा ठुलो आशा, भरोसा र बिश्वास नभएकाले मुलुकलाई नयाँ दिशामा अघि बढाउनुपर्ने धारणा राखे । अध्यक्ष थापाले काङ्ग्रेस कम्युनिस्टहरू बिच बैचारिक,चरित्रगत, नितिगत भिन्नता नभएको पनि आरोप लगाए ।
थापाले यसअघि सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनःस्थापना गरेपछि देश अस्थिरतामा फस्ने संकेत गरेका थिए ।
संघीयता र धर्मनिरपेक्षता बारे बहस हुनुपर्ने बताउँदै आएका थापाले नेपाली जनताले विकल्प खोजिरहेकाले विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र भएको दाबी गर्दै आइरहेका छन् ।