arrow

मेसी फसे नेयमार बचे, नेयमार बिरुद्धको आर्थिक अपचलन मुद्दा खारेज

logo
प्रकाशित २०७३ असार २५ शनिबार
Messi_Neymar.jpg.jpeg
एजेन्सी। स्पेन स्थित मड्रिडको न्यायलयले ब्राजिलियन एवं बार्सिलोनका स्टार खेलाडी नेयमार बिरुद्ध आर्थिक अनियमितताको आरोपलाई खारेज गरेको छ। 
 
ब्राजिलियन लगानीकर्ता समुह 'डिआइएस'ले नेयमार , उनका पिता एवं बार्सिलोना बिरुद्ध आर्थिक अनियमितता गरेको भनदै उजुरी गरेको थियो। 
 
सन् २०१३मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना जाँदा पाउनु पर्ने ४०% रकम पाए पनि नेयमारसँगको समझौता गोप्य राखिएकोले पुरा पैसा नपाएको भन्दै उजुरी गरेको थियो। गोप्य समझौतामा बढी रकमको गरिएको उजुरी उक्त समुहले गरेको थियो। 
 
नेयमार सान्तोसबाट बार्सिलोना आउँदा ४ करोड ४७ लाख पाउण्डको करार गरिएकोमा नेयमारका पिताको कम्पनीले ३ करोड १० लाख पाउण्ड र सान्तो क्लबले १ करोड ३४ लाख पाउण्ड पाएका थिए। 
 
नेयमार, उनका पिता र बार्सिलोनाले गत फेब्रुअरी महिनामा अदालतमा उपस्थित हुँदै कुनै अनियमितता नगरेको बताएका थिए। 
 
नेयमार र बार्सिलोनालाई अदालतको आदेश पछि केही राहात मिलेको छ। बार्सिलोनाका अर्का स्टार लियनल मेस्सीले कर छलीको आरोपमा १ करोड ७० लाख पाउण्ड जरिवाना र २१ महिनाको जेल सजाए पाएका छन्। 
 
संभवत: मेसीले जेल सजाए भने भुक्तान गर्नु पर्ने छैन्। मेसीले उपल्लो अदालतमा आफु बिरुद्धको निर्णय उपर उजुरी गरिसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ