arrow

‘अबको सङ्घर्ष मजदुर र पुँजीपति वर्गमा केन्द्रित’

logo
प्रकाशित २०७३ असार २५ शनिबार
prachanda-again.jpg.jpeg
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्ग सङ्घर्षको स्वरुप परिवर्तन भएको र अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित हुँदै गएको बताएका छन् । 
 
माओवादी सम्बद्ध चार मजदुर सङ्गठनबीचको एकता सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष दाहालले सामन्तवाद कमजोर बनेपछि अबको लडाइँ पुँजीपतिवर्गविरुद्ध केन्द्रित भएको टिप्पणी गरे । 
 
पार्टी एकतापछि ‘ जनताको माओवादी जनताकै घरमा’ भन्ने अभियान लिएर जान लागेको जानकारी दिँदै उनले भने – “अभियान अन्तर्गत सबै माओवादी नेता कार्यकर्ता तीन करोड नेपाली जनताका घरमा पुग्नेछन्, काँग्रेस वा एमालेका समर्थकका घरमा पनि पुग्दैछौँ ।” 
 
अध्यक्ष दाहाल, रामबहादुर थापा, मातृका यादव र मणि थापा नेतृत्वको चार माओवादीबीच गत महिना एकता भएपछि उनीहरु सम्बद्ध चार मजदुर सङ्गठनबीच आज एकता भएको हो । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ