arrow
ADVERTISEMENT

जी–२० का वाणिज्य मन्त्रीहरुको बैठक साङ्घाइमा

logo
प्रकाशित २०७३ असार २५ शनिबार
China-G20-Trade_Dutt-(1).jpg.jpeg
साङ्घाइ। जी–२० का व्यापार तथा बाणिज्य मन्त्रीहरुको बैठक शनिबार चिनियाँ सहर साङ्घाइमा सुरु भएको छ । यस बैठकमा ती देशहरुका बीचमा व्यापार तथा लगानीका क्षेत्रहरुमा गरिने पहल र व्यापार तथा लगानीमा प्रवर्धन र समन्वय गर्ने विषयमा छलफल हुने बताइएको छ । 
 
चिनियाँ वाणिज्य मन्त्री गाओ हुचेनले अध्यक्षता गरेको सो बैठकमा उनले अध्यक्षको मन्तव्य दिँदै जी–२० का सदस्य राष्ट्रहरुबीचको पछिल्लो व्यापार प्रवर्धनका बारेमा जोड दिए। 
 
उनले विश्व अर्थतन्त्रका लागि जी–२० एक सशक्त र बलियो इन्जिन हो भन्दै विश्वको कुल ग्राहस्थ्य उत्पादनमा यस संगठनमा आवद्ध राष्ट्रले ८५ प्रतिशत र विश्व व्यापारमा ८० प्रतिशत हिस्सा ओगटेको बताए । 
 
उनले अबका दिनमा जी–२०ले विश्व व्यापारको विस्तार, बहुआयामिक व्यापारका साथै लगानीका क्षेत्रहरुलाई प्रवर्धनगर्दै लानुपर्नेमा पनि जोड दिए । 
 
यस संगठनमा आवद्ध विश्वका २० देशका करिब ५०० जना सरकारी अधिकारी, विभिन्न बहुराष्ट्रिय कम्पनीका साथै अन्तर्राष्ट्रिय व्यापार र व्यवसायमा आबद्ध कम्पनीहरुको पनि सहभागिता रहेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ