arrow

विनियोजन विधेयक बहुमतले पारित

logo
प्रकाशित २०७३ असार २५ शनिबार
sansad @@@.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेका थिए । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । 
 
यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ । त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत गरेको छ । 
 
यसअघि सांसद डा रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुपर्‍यो भन्दै प्रश्न गरेका थिए । 
 
यस्तै ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते बिहान ११:०० बजे बस्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ