arrow

टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

logo
प्रकाशित २०७३ असार २५ शनिबार
accident-@-.jpg.jpeg
मणि प्रसाद गैह्रे। कपिलवस्तु । टिपरको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ। वाणगंगा १३ बनगाईमा आज दिउसो पौने १२ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ६१०० नं को टिपरले पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु ३ प ८३४३ नं को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक अर्घाखांची सिद्धारा ६ निवासी २१ वर्षिया तिलकराज आलेको मृत्यु भएको हो। सोहि ठांउ बस्ने वर्ष २१ का रमेश पुन गम्भिर घाईते भएका छन। पुनको लुम्विनी अंचल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ