arrow

गोविन्द केसीको आन्दोलन एक्लो होइन –गगन थापा

logo
प्रकाशित २०७३ असार २६ आइतबार
final-twitter.JPG.jpeg
काठमााडौं । नेपाली काँग्रेसका युवा नेता, सांसद एवं केन्द्रीय सदस्य गगन थापाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलन एक्लो नभएको बताएका छन् ।
 
सामाजिक संजाल ट्वीटरमा आफ्नो विचार राख्दै नेता थापाले ‘डा केसीको आन्दोलन कस्तो समाज निर्माण गर्ने जस्तो विषयसंग जोडिएकाले यो एक्लो संघर्ष होइन, सबै सचेत नेपालीको आन्दोलन हो’ भनेका छन् । 
 
चिकित्साक्षेत्रमा देखिएको विकृतिविरुद्ध केसी आन्दोलनमा छन् । उनले आजैदेखि आठौं चरणको आमरण अनसन गर्दैछन् । 
 
यही सन्दर्भ पारेर नेता थापाले ट्वीटरमार्फत केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आग्रहसमेत गरेका छन् ।
 
केसीको आन्दोलनलाई नागरिक समाजलेसमेत साथ दिएको छ । अधिकारकर्मी कनकमणि दिक्षीतले पनि नेता थापाको ट्वीटलाई पुनः ट्वीट गर्दै समर्थन जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ