arrow

अवैध रुपमा भारत जाँदै गरेका छ जना युवतीको उद्धार

logo
प्रकाशित २०७३ असार २६ आइतबार
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ अवैध रुपमा जाँदै गरेका छ जना युवतीको शनिबार उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सीमा नाका हुँदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो । 
 
भारत हुँदै कुवेत र इराक जाने भन्दै आएका धादिङका तीन, म्याग्दीका दुई र काठमाडौँका एक गरी छ जना युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । “भारतीय नम्बरको जिपमा भारततर्फ जाँदै गरेका बेला युवतीहरु जोखिममा पर्न सक्ने भन्दै उद्धार गरेका हौँ” – उनले भनिन् । उद्धार गरिएका युवतीहरु २० देखि ३० वर्ष उमेरका रहेका छन् । 
 
भारतको नयाँदिल्ली पु¥याइदिने भन्दै युवतीसँगै जाँदै गरेका ५० वर्षीय माईबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । युवतीहरु माइती नेपालमा राखिएका छन् । 
 
युवतीहरुबाट काठमाडौँमा रहेका दलालले रु ७५ हजारदेखि रु ८० हजार रकम लिएको उद्धार गरिएका युवतीको भनाइ रहेको छ । 
 
असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले ४६ जना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ