arrow

जङ्गलमै फसेका गोठालालाई खाद्यान्न र कपडा पु¥याइयो

logo
प्रकाशित २०७३ असार २६ आइतबार
ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ । 
 
बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका लागि पुग्ने गरी खाद्यान्नलगायतका सामग्री घुन्साका स्थानीयवासीले पु¥याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 
 
केही दिनअघि चौँरी लिएर गएका स्थानीयवासी २३ परिवार चौँरी लिएर फर्कन नसक्ने भएकाले उनीहरुका लागि केही दिनलाई पुग्ने खाद्यान्नसहितका सामग्री घुमाउरो सात घन्टा लामो बाटो हुँदै पु¥याएको घुन्साबाट चुङ्दाक शेर्पाले बताए । शेर्पाका अनुसार केही दिनमा नै स्थानीयवासीको सक्रियतामा काठे पुल निर्माण गरी गाउँमा फर्काउने तयारी भएको छ । 
 
घुन्सा खोलामा आएको बाढीले खोलामाथिको पुल बगाएपछि चौँरी गोठ लिएर जङ्गल गएका घुन्साका १५ र फलेका आठ परिबार जङ्गलमा नै फसेका थिए ।
 
 गोठहरु अहिले घुन्सामाथिको रामदाङ, नुप्चुभेल्ली र थाम्दाङ क्षेत्रमा रहेका छन् । बाढीले बगाएको पुल निर्माणका लागि कम्तीमा पनि रु छ लाखसम्म लाग्ने र त्यो पनि वर्षा कम भएको समयमा मात्रै सम्भव हुने स्थानीयवासीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ