arrow

करेन्ट लागेर एकको मृत्यु, चार गम्भीर घाइते

logo
प्रकाशित २०७३ असार २६ आइतबार
electric.jpg.jpeg
तुलसीपुर । विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् । 
 
करेन्ट लागेर गम्भीर घाइते चौधरीको उपचारका क्रममा आज लुम्बिनी अस्पतालमा मृत्यु भएको हो । 
 
गम्भीर घाइते भएका सोही ठाँउका १८ वर्षीय मनिराम चौधरी, १९ वर्षीय अशोक चौधरी, २३ वर्षीय सीताराम चौधरी र २३ वर्षीय प्रकाश चौधरीको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ । 
 
विद्युत् विस्तारको जिम्मा लिएका ठेकेदारले विद्युत्सम्बन्धी जानकारी नै नभएका मजदुरलाई विद्युतीय काममा लगाउँदा उक्त दुर्घटना भएको दाङ प्रहरीले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ