arrow
ADVERTISEMENT

साँढे जुधाइमा एक जनाको मृत्यु, ३० वर्षे इतिहास दोहोरियो

logo
प्रकाशित २०७३ असार २६ आइतबार
bull-killed.JPG.jpeg
टेरुएल । स्पेनको साँधेजुधाइ खेलको इतिहासमा ३० वर्षमा पहिलो पटक एक फाइटरको निधन भएको छ । साँढेको आक्रमणबाट २९० वर्षे भिक्टर बारियोको मृत्यु भएको हो । सो समयमा स्पेनी प्रधानमन्त्री मारिआनो राजोयले पनि खेल हेरेका थिए । उनकै आँखा अगाडि फाइटरलाई साँढेले छातीमा सिङ्ले हानेको थियो । 
 
स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा बारियोको मैदानभित्रै मृत्यु भएको हो ।
 
सन् १९८५ पछि बुल फाइटको क्रममा रिङमै बुल फाइटर मारिएको यो पहिलो घटना हो । यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परी मृत्यु भएको थियो । 
 
स्पेनमा बुल फाइट त निकै लोकप्रिय छ तर यसको खतरा टाल्न कठिन हुँदै गएको छ ।
 
फाइटरको मृत्यु भएपछि प्रधानमन्त्री राजोयले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 
मृतककी श्रीमती राक्वेल सान्ज दर्शकदीर्घामा थिइन् । यो घटनाले उनी भुइँमै ढलेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ