arrow

नेपाल कानुन आयोगको अध्यक्षमा पौडेल

logo
प्रकाशित २०७३ असार २६ आइतबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg
काठमाडौं । नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व सचिव माधव पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले पौडेललाई कानुन आयोगको अध्यक्षमा नियुक्त गरेको हो । बैठकले सेनाका १० सेनानी महासेनानीमा बढुवा एवं पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै सरकारले चीनलाई एक जोडी एक सिङ्गे गैंडा पनि उपहार स्वरुप दिने निर्णय गरेको छ । 
 
बैठकले मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक र सेवा सुविधा विधेयकसमेत संसदमा पेश गर्ने निर्णय गरेको छ ।
 
त्यस्तै सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० करोड रुपैयाँ दिने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री केपी ओलीले पटक पटक स्थगित गर्दै आएको बैठक आज बिहान बसेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ