arrow

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल रद्द

बङ्गलादेशले प्राविधिक कारण देखायो

logo
प्रकाशित २०७३ असार २६ आइतबार
nepali-teem-bang-new-fnl.jpg.jpeg.jpeg
काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल रद्द भएको छ । बंगलादेशको फुटबलसंघले अखिल नेपाल फुटबलसंघ एन्फालाई पत्राचार गरी खेल रद्द भएको जानकारी गराएको हो ।
 
एन्फालाई पठाएको पत्रमा खेलाडीले तयारी गर्न नभ्याएको र त्यहाँ अब लगत्तै सुरु हुने प्रिमियर डिभिजनका खेलका कारण प्राविधिक कठिनाई आएको जनाइएको छ । हो पत्र हामीले पाएका छौं, ‘हामी पूर्ण तयारी थियौं । बंगलादेशले प्राविधिक कारण देखाउँदै रद्द गरिदिएको हो–एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले हाम्राकुरालाई भने ।  
 
एन्फाले मैत्रीपूर्ण फुटबलका लागि शुक्रबार मात्रै २१ सदस्यीय टोली घोषणा गरेको थियो । आउँदो शुक्रबार  र आइतबार ढाकामा हुने भनिएको मैत्रीपूर्ण खेलका लागि टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ