काठमाडौं। चिकित्सा शिक्षामा सुधारको माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गोविन्द केसीलाई शिक्षण अस्पताल प्रशासनले अनशन बस्न अवरोध गरेको छ। डा. केसीले यसअघी अनशन बसेको ठाउँमा प्रशासनले ताला लगाइदिएको छ। डा. केसीले आफ्नै क्वाटरमा अनशन बस्ने प्रयास गरेपनि त्यहाँ पनि बस्न प्रशासनले रोकेको छ।
डा. केसी अहिले गणेशमान सिंह नाक, कान, घाँटी भवनको चिसो छिंडीमा बसेर पत्रकार सम्मलेन गर्ने तयारी गरेका छन्। अस्पताल प्रशासनको रवैयाको विद्यार्थी तथा अस्पतालमा उपस्थित शुभचिन्तकले बिरोध गरेका छन्। आफ्ना मागलाई केसीले जस्तो ठाउँमा भएपनि आमरण अनशन बस्ने जनाउ दिएका छन्।