arrow

कोरोना संक्रमणका लक्षण बदलिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
corona-virus-awareness.jpg

काठमाडौं । कोरोना भाइरसका लक्षण बदलिएका छन् । संक्रमितको प्रकृति हेरेर लक्षण पनि बदलिएका हुन् । सन् २०१९ को डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरु भएको कोरोनाले लामो समयसम्म विश्वलाई अत्यासमा पारिरहँदा उसका लक्षण पनि बदलिएका हुन् । 

विशेषगरी अहिले कोरोना भ्याक्सिनका आधारमा अहिले तीन तहका मानिसहरु विश्वमा रहेका छन् । पहिलो तिनीहरु पर्छन् जसले दुवै डोज खोप लगाएका छन् । दोस्रोमा एक डोज खोप लगाएका पर्छन् भने तेस्रोमा खोप नै नलगाएका मानिस पर्छन् । एकातिर यी तीन तहका मानिस र अर्कातिर कोरोनाका विभिन्न भेरियन्टका कारण लक्षण पनि बदलिँदै गएका छन् ।

सन् २०२० को शुरुआतमा संक्रमितमा सुख्खा खोकी र ज्वरो आउने गर्दथ्यो । त्यसपछिको समयमा टाउको दुख्ने, शरीर दुख्ने र खोकी लाग्नेजस्तो लक्षण देखिँदै आए । त्यसपछि स्वाद र सुँघ्ने क्षमतामा कमी आउन थाल्यो ।

इङल्याण्डको स्वास्थ्य विज्ञान कम्पनी जेडओईले किङस कलेज लण्डनसँग सहकार्य गरी एक एपमार्फत कोरोनाका लक्षणलाई लिएर अनलाइन अध्ययन गरेको छ । उक्त अध्ययनमा अहिलेसम्म ४० लाख भन्दा बढी मानिस सहभागी भएका छन् । यो विश्वकै सबैभन्दा ठूलो अनलाइन अध्ययन हो । 

यस्ता छन् लक्षणहरु–
जसले भ्याक्सिनको एउटा डोज पनि लगाएका छैनन् तिनीहरुमा टाउको दुख्ने, घाँटी चिलाउनु, रुघा लाग्नु, ज्वरो आउनु, खानामा स्वाद नपाउनु र स्वास लिन कठिन हुने लक्षण देखिएका छन् । 

सुँघ्ने क्षमतामा कमी हुने लक्षण नवौं र स्वास लिन समस्या हुने लक्षण ३० औं नम्बरमा धकेलिएको छ । जबकि सुँघ्ने क्षमता पहिलो शीर्ष पाँच र स्वास लिन समस्या हुने लक्षण शीर्ष १० मा रहेको थियो । 

एक डोज भ्याक्सिन लगाएकाहरुमा टाउको दुख्ने, रुघा लाग्ने, घाँटी चिलाउनु, आच्छिउँ आउनु, लगातार खोकी लाग्ने गरी पाँच वटा लक्षण बढी देखिन्छन् । 

त्यस्तै दुवै डोज भ्याक्सिन लगाएकालाई कोरोना संक्रमण भयो भने तिनीहरुमा टाउको दुख्ने, घाँटी दुख्ने, आच्छिउँ आउनु रुघा लाग्नु, स्वाद हराउनु गरी शीर्ष पाँच लक्षण देखिन्छन् । त्यस्तै लगातार खोकी लाग्ने लक्षण आठौं नम्बरमा धकेलिएको छ भने ज्वरो १२ औं नम्बरमा धकेलिएको छ । त्यस्तै श्वास लिन समस्या हुने लक्षण २९ औं स्थानमा धकेलिएको छ । 

अनुसन्धानको ताजा तथ्यांकअनुसार दुवै डोज खोप लगाएकालाई कोरोनाको गम्भीर लक्षण देखिएको छैन । गम्भीर संक्रमणको खतरा पनि कम हुने गर्दछ । 

बदलिँदो लक्षणको कारण डेल्टा भेरियन्ट हुन सक्ने बताइएको छ । यो इङल्याण्डमा अहिलेसम्म ९९ प्रतिशतमा देखिएको छ । 

बदलिँदो लक्षणका कारण खुला रुपले घुम्ने युवा बढी संक्रमित हुने गरेको भन्दै विज्ञहरुले बेवास्ता नगर्न आग्रंह गरेका छन् । 



नयाँ