काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा क्षेत्र सुधारको माग राखि आठौं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको पक्ष र विपक्षको नाराबाजी भएको छ । ब्यानरसहित एउटा ‘अस्पताल बचाउ समूह’ विपक्षमा उत्रिएपछि केसी पक्षधर समेत आक्रामक भएको हो ।
केसीले अनसन सुरु गरे लगत्तै पक्ष र विपक्षमा नाराबाजी भयो । केसीलाई अस्पतालमा अनसन बस्न दिन नहुने भन्दै विपक्षीले नाराबाजी गरे । यद्यपि, विपक्षीको व्यानर हतारमा निकालेको जस्तो देखिन्थ्यो । ‘अनसन व्यक्तिको अधिकार हो । तर अस्पताल परिसर भित्र अनसन बस्न पाइदैन’ लेखिएको व्यानरमा अस्पताल परिसर हुनु पर्ने ठाउँमा ‘परिषद’ र अस्पताल बचाउ समूहको ठाउँमा ‘अस्पताल बचाउँ’ लेखिएको थियो ।
जसले विरोधका नाममा विरोध गरेको जस्तो देखिएको टिप्पणी भएका छन् । अनसनरत केसीले भने अस्पतामा अनसन बस्न नदिन सरकार, अख्तियार र अस्पताल प्रशासन लागिपरेको आरोप लगाएका छन् ।