काठमाडौं । मान्छे स्वभावैले कसैसँग डराउँछ भने त्यो हो प्रकृतिसँग । घर, परिवार र समाजको संरचनामा बाँचेको मान्छे प्रकृतिले दिएको सानो विपत्तिबाट पनि कातर बनेर दौडिरहेको हुन्छ । तर, आफ्नो जीवन र सामाजिक घेरालाई नाघेर अरूको कातरपनाले ढाकिएको सुझावलाई तिलाञ्जली दिँदै मानवताको लागि एक्लो शैन्यशक्ति बोकेर प्राकृतिक विपत्तिसँगको युद्धको लागि युद्धभूमिमा अघिसरिरहेको हुन्छ भने त्यो नाम हो डा. गोविन्द केसी ।
जाजरकोटको महामारी होस् या त मध्ये नेपालका १४ जिल्लामा महाभूकम्पको मनै हल्लाउने सन्त्रास, भारतको गुजारतमा गएको भूकम्प होस् या त पाकिस्तानको उत्तरी–पश्चिमी क्षेत्रमा भएको भूकम्प नै किन नहोस् । जबजब प्राकृतिक विपत्तिले गोविन्द केसीलाई चुनौती दिँदै महाविपत्तिको ज्वारभाटा जगाईदिन्छ । तब गोविन्द केसीको मस्तिस्कले विर्सन्छ भौतिक रूपमा कोरिएका देशीय सीमा र पुग्छन् कहिले बंगलादेशी पीडितहरूको आँखाको आशु पुछ्न त कहिले पुग्छन् भारतीय बन्धुहरूको हातमा मल्हम पट्टि लगाउन नै ।
तर यो अरबौं बाँचेको यो धर्तिमा हामीबीच रहेका यस्ता एक्लो व्यक्तिले कसैगरीपनि प्राकृतिक विपत्तिको विकल्प खोज्न त सकेका छैनन् । तर, पक्कैपनि त्यही बुढ्यौली हातले हजारौंको ज्यान बचाएको छ । हजारौंको पुछिन आँटेको सिन्दूर जोगिएको छ भने हजारौं बालबालिका टुहुरो बन्नुबाट जोगिएका छन् ।

डा. गोविन्द केसीले नेपालमा जन्म लिँदा नेपालले बल्लबल्ल स्वतन्त्रताको स्वास फेर्न पाएको थियो । २०१३ साल चैत १२ गते रामेछापमा जन्मिएका केसीले घर्तिमा जन्मिएको छैटौ दशकपनि पूरा भईसकेको छैन । तर कीर्तिफैलियोस् या नफैलियोस, सारा पाकिस्तानी, बंगलादेशी र भारतीयले समेत बुझुन् या त नबुझुन् नेपालमा जन्मिएका केसीलाई सारा दुःखी पीडित नेपाललीले सधैं आफ्नो मनभित्र सजाईरहनेछन् र सजाईरहेका पनि छन् । त्यसैले त सारा देश एउटा सिंगो गोविन्द केसीको पक्षमा लागेर मुलुक नै गोविन्द केसीमय बनेको छ ।
त्यसो त नेपालकै सरकारले पनि अतिभएपछि जुस खुवाउन जानेबाहेक गोविन्द केसीको पक्षमा कुनै काम गरेको देखिदौन । गरेको थियो भने त केसीले आज आठौंपठकको सत्याग्रह सुरू गरिरहनु पर्ने नै थिएन । यस्तो अवस्थामा औसधिको झोला बोकेर गएका केसीलाई न त भारत सरकारले देख्थ्यो न त पाकिस्तान वंगलादेश र पाकिस्तान सरकारले नै । तर, ती प्राकृतिक विपत्तिसँग मुकाविला गर्दा डा. केसीको साथ पाएर जीवन बाँच्न सफल भएका हाइटी, भारत, पाकिस्तान, बंगलादेश र म्यानमारका नागरिकले अवश्यपनि केसीको यो साथ चाहेर पनि विर्सनसक्ने छैनन् ।
डा. केसीको अहिलेसम्म पनि जीवनसँगिनी कोही पनि छैनन् । रगतको नाताले जीवनसँगिनी नबनाएपनि डा. केसीका निस्वार्थी व्यवहारबाट धेरै जना उनको जीवनसँगी र जीवनसाथी बनेका छन् । विवाहको मण्डपघुमेको नाता नहोला उनीसँग, शारीरिक भोगविलासको सम्बन्ध नहोला उनीसँग । तर उनको विचारमा आजपनि सँगसँगै राज्यसत्ता विरूद्ध लड्न होस् या त उनको माग पूरा गराउन जस्तोसुकै त्याग गर्न पनि हाँसिहाँसी राजी हुनेहरूको कमी छैन नेपालमा ।
डा. केसी जति ठाउँमा उपचारको लागि जान्छन् ती सबैको लागि आवश्यक खर्च केसीको आफ्नै पारिश्रमिकबाट हुन्छ । उनी आफ्नो व्यक्तिगत पारिश्रमिक खर्चगरेर देशका विभिन्न विपत्तिसँगै सन् २००१ मा भारतको गुजरात स्थित भुज क्षेत्रमा भूकम्पबाट प्रभावित मानिसहरूको स्वास्थ्य सेवाको लागि पुगेका थिए ।
त्यस्तै, सन् २००५ मा पाकिस्तानको उत्तरी पश्चिमी क्षेत्रमा गएको भूकम्पमा घाइतेभएकाहरूको सेवाको लागि पनि आफ्नै व्यक्तिगत खर्चमा पुगेका थिए । यसबाहेक पनि २००८ मा म्यानमारमा आएको समुन्द्री आँधीमा घाइतेभएकाहरूलाई ३ हप्तासम्म बसेर उपचार गराउनेदेखि २०१०मा हाइटीमा गएको विनाशकारी भूकम्पमा परेका घाइतेको उपचारमा संलग्न हुने देखि सन् २०११ मा पाकिस्तानमा बाढीबाट प्रभावितहरूको स्वास्थ्य सेवा दिनसम्म डा. केसीले आफ्नै पारिश्रमिकबापत आएको पैसा खर्च गरेर पुगेका थिए ।
डा. केसी आजसम्म पनि अविवाहित छन् । त्यसैले यिनीमा कुनैपनि सम्पत्ति कमाउने मोह नभएकै कारणले पनि हुनसक्छ यिनी सरकारी अस्पतालबाहेक कुनैपनि अन्य निजी क्लिनिकहरूमा धाउने गर्दैनन् र बस्छन् पनि शिक्षण अस्पताल कै क्वाटरमा । न त सरकारी अस्पतालमा बसेर कुनै कमिसनको लोभ नै गर्छन् । सीधा र सोझो पाराले आफ्नो काम पूरा गर्नु र विदाको समयमा विपत्तिमा परेकाहरूको सेवा गर्नु यिनको दैनिकी बनेको छ ।
बंगलादेशको राजशाही मेडिकल कलेजबाट एमबिबिएस गरेका केसी वंगलादेशकै ढाका विश्वविद्यालयबाट हाडजोर्नी(आर्थोपेडिक्स) विषयमा एमएस गरेका उनी हाल आफ्ना विभिन्न मागहरू सरकारले पूरा नगरेको भनेर आठौं पटक आमरण अनसनमा बसेका छन् ।