arrow

डा. शशांक अझै १० दिन अस्पताल बस्नु पर्ने

logo
प्रकाशित २०७३ असार २६ आइतबार
sasank-koirala-news-RSS-photo.JPG.jpeg
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला उपचारका लागि अझै १० दिन अस्पतालमा नै बस्नु पर्ने भएको छ । आईतबार साँझ ५ बजे अस्पतालले गरेको जाँचबाट पूर्ण रूपमा स्वस्थ भएर घर फर्किनको लागि अझै १० दिन लाग्न सक्ने बताईएको अस्पताललाई उद्दृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ ।
 
पारिवारिक स्रोतका अनुसार उनलाई पछि स्वास्थ्य अवस्था हेरेर अन्य वार्डमा सार्न सकिने भएपनि अहिलेलाई भने आईसियूमा नै राखेर उपचार गर्नुपर्ने सुझाव जनाएको छ । 
 
उनलाई भारतबाट आएका चिकित्सकहरूको टोलीको परामर्शमा नेपाली चिकित्सकको टोलीले उपचार गरिरहेको छ । शनिबार बरिष्ठ चिकित्सक विसी खिलनानीको नेतृत्वमा आएका ४ चिकित्सकहरुले कोइरालाको उपचारका लागि परिक्षण शुरु गरेका हुन् । उनीहरुले नेपालका चिकित्सकहरुले गरेको उपचारको विधी र प्रक्रियालाई सह्राना गर्दै आफ्ना राय दिएका थिए ।
 
उनको उपचारको लागि भनेर शनिबार एपोलो अस्पताल दिल्लीबाट आएका चिकित्सकहरुले कोइरालाको शनिबार मध्यान्ह सवा १२ बजे बाट नै सुरू गरेका थिए । भारतबाट आएका चिकित्सकहरुको टोलीमा न्यूरोलोजिष्ट, फिजिसियन, छातीरोग विशेषज्ञ र कार्डियोलोजिष्ट गरि ४ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ