arrow

विम्बल्डन पुरुष एकल तर्फको उपाधि दोस्रो पटक एण्डी मर्रेलाई

logo
प्रकाशित २०७३ असार २६ आइतबार
Andy_Murray.jpg.jpeg
काठमाडौं। ब्रिटेनका नम्बर १ टेनिस खेलाडी एण्डी मर्रेले विम्बलडन टेनिसको पुरुष तर्फको उपाधि जितेका छन्। उनले क्यानाडाका मिलोस राओनिचलाई ६-४, ७-६, ७-६ले सोझो सेटमा पराजित गर्दै दोस्रो पटक विमबल्डनको उपाधि जितेका हुन्। 
 
पहिलो पटक ग्राण्ड स्ला फाईनलमा पुगेक क्यानाडाका राओनिचले कुनै पनि समयमा जितको संभावनालाई छाडेनन् तर मर्रेले राओनिच भन्दा उत्कृष्ठ टेनिस खेल्दै उपाधि हात पारेका हुन्। 
 
विश्व बरियतामा दोस्रो नंबरमा रहेका मर्रेले यस अघि सन् २०१३मा विम्बलडन जितेका थिए भने सन् २०१२मा अमेरिकन ओपन जि्तेका थिए। सन् २०१२को लण्डन ओलम्पिकका स्वरण पदक बिजेता मर्रेले तीन ग्राण्ड स्लाम उपआधि जितेका छन्। 
 
मर्रेसँग पराजित भएका राओनिच विश्व बरियतामा सातौं स्थानमा रहेका छन् भने सन् २०१५को मे महिनामा चौथो स्थानसम्म पुगेका थिए। उनी अष्ट्रेलियन ओपन (२०१६)को सेमिफाइनलसम्म पुगेका थिए । उन्लाई विश्व टेनिसमा भवि्य भएको खेलाडी वा भविष्यको स्टार खेलाडीका रुपमा हेरिएको छ। 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ