arrow
ADVERTISEMENT

सुडानमा भएको भिडन्तमा डेढ सय बढी मरे, राष्ट्रसंघको चेतावनी

logo
प्रकाशित २०७३ असार २७ सोमबार
sudan.jpg.jpeg
काठमाडौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले दक्षिणी सुडानमा भएको हिंसा तत्काल रोक्न चेतावनी दिएको छ ।
 
सुरक्षा परिषदको बेनामे विवरणले दक्षिणी सुडानमा भएको आपसी आक्रमणले हिंसा फेरि बढेको भन्दै तत्काल नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । 
 
गत शुक्रबारदेखि दक्षिणी सुडानमा भएको दुई पक्षीय भिडन्तमा एक सय ५० बढीको मृत्यु भएको छ । सो घटनालाई गम्भीरपूर्वक लिएको भन्दै राष्ट्रसंघले जिम्मेवारीपूर्वक शान्तिप्रक्रियामा आउन पनि आग्रह गरेको बीबीसीले जनाएको छ । 
 
राष्ट्रपति साल्भा कीर र उपराष्ट्रपति रिक मचारका सैन्य दस्ताबीचभएको भिडन्तले निकै ठूलो दुर्घटना निम्त्याएको हो । आपसमा भिडन्त हुनेबेलामा कीर र मचारबीच वार्ता भइरहेको थियो । 
 
वार्ता भइरहेकै समयमा बाहिर गोली हानाहान र विष्फोट गराइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ