arrow

बाढी पसेपछि लघु जलविद्युत् परियोजना बन्द

logo
प्रकाशित २०७३ असार २७ सोमबार
jaaaaaaaaaaaal.jpg.jpeg
बाबियाचौर । म्याग्दीको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ । 
 
५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृहभन्दा माथि खनिएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइनलगायतका उपकरणमा क्षति भएको छ । परियोजना बन्द हुँदा ७०० घरधुरी उपभोक्ता प्रभावित भएका परियोजनाका सल्लाहकार मोतीराज गौतमले बताए ।
 
सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका छन् । 
 
परियोजनाको विद्युत्गृह माथिको पाखोमा दरवाङ निस्कोट सडक निर्माणका क्रममा फालिएको माटो र सडकको ढल व्यवस्थापन नहुँदा बाढी आएको हो । 
 
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी, परियोजनाका पदाधिकारी र उपभोक्ताले आइतबार दिनभरि विद्युत्गृहमा पसेको बाढी व्यवस्थापन गरे पनि जोखिम कायमै रहेकाले विद्युत् उत्पादन हुन सकेको छैन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ