- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एक जना पण्डितले रानीको महलमा सधैँ कथा सुनाउँथे। कथाको अन्त्यमा सबैलाई भन्थे, राम राम जप्यौ भने बन्धन छूट छ। त्यही समय पिँजडामा थुनेको सुगाले भन्छ, 'किन झूटो बोल्छौ पण्डितज्यू ।'
पण्डितलाई रिस उठ्छन्, अरू मान्छेले के भन्लान्, रानीले के सोच्लिन्! पण्डित आफ्नो गुरुकोमा पुगे । गुरुलाई सबै कुरा बताए । गुरु सुगाको भएको ठाउँमा गए अनि सुगालाई भने, 'तैँले यसो किन भन्छस्?'
सुगाले भन्छ, 'म पहिले खुल्ला आकाशमा उडिरहन्थेँ। एक पटक म एउटा आश्रममा गएँ जहाँ सबै साधु-सन्तहरू राम-राम जपिरहेका थिए, वहाँ बसेकोले मैले पनि बिस्तार-बिस्तारै राम-राम बोल्न सिकेँ । एक दिन म त्यही आश्रममा राम-राम भनिरहेको थिएँ, त्यही समय एउटा मनुष्यले मलाई पक्रेर पिँजडामा थुने, अनि फेरि मलाई एक दईवटा अरू श्लोकहरू बोल्न सिकाए।'
'केही दिनपछि एउटा सेठले केही पैसा दिएर मलाई त्यो मनुष्यकोबाट किने। अब सेठले मलाई चाँदीको पिँजडामा राख्न थाले, मेरो बन्धन बढ्दै गयो । पिँजडाबाट निस्कने कुनै सम्भावना रहेन। फेरि एक दिन सेठले आफ्नो काम निकाल्न मलाई राजालाई भेट चढाए । राजाले खुसी भएर मलाई लिए, किनभने म राम, राम बोल्थेँ । रानी धार्मिक प्रवृत्तिकी थिई, यस कारण सेठले मलाई रानीलाई दिए।'
'अब म कसरी भनूँ कि राम, राम बोल्नाले बन्धन छुट्छ! सुगाले गुरुलाई सोध्छ, 'अब तपाईँले नै कुनै उपाय मलाई बताउनुहोस् ताकि म बन्धनबाट छूट न सकूँ।'
गुरुले भन्छन्, 'तिमी चुपचाप सुतिबस, अलिकति पनि नहल्लिनु । रानीले सम्झने छिन् मर्यो भनेर अनि तिमीलाई छोडिदिने छिन्। '
उस्तै भयो। अर्को दिन कथा समाप्त भएपछि सुगा बोलेन, तब पण्डितले आरामले ठुलो स्वाँस लिए ।
रानीले सोचिन सुगा गुमसुम सुतिरहेको छ, शायद मर्यो होला । जसै रानीले पिँजडा खोलिन सुगा पिँजडा बाट बाहिर निस्केर फुरुरु उडेर गयो । त्यसले उड्दै गएर भन्यो, 'सद्गुरु मिल्यो भने मात्र बन्धन छुट्छ ।' अतः जति नै शास्त्रहरू पढौं, जति नै तन्त्र-मन्त्रहरूको जाप गरौं, तर साँचो तत्वदर्शी ब्रह्मनिष्ठ सद्गुरु बिना बन्धन छुट्न सकिदैन ।