arrow

वर्षाको उपहार : केआइ सिंह राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७३ असार २७ सोमबार
kh.jpg.jpeg
डोटी । आइतबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण केआइ सिंह राजमार्ग अवरुद्ध भएको छ । 
 
डोटीको लाटामाडौँ गाविसको तिललातीदेखि मुडे गाविसको कालागाडसम्म करिब ११ किलोमिटर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । 
 
वर्षाका कारण ठाउँठाउँमा सडक माथिको भागबाट पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।
 
अवरुद्ध सडकलाई सञ्चालन गर्न तिललाती प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा डोजर लगाएर मर्मतको काम भइरहेको विष्टले बताए ।
 
कैलालीको धनगढीदेखि डोटी अछाम हुँदै बाजुरासम्म जोड्ने राजमार्ग अवरुद्ध हुँदा रात्रि सेवाका तथा दिवा सेवाका सवारीसाधन सोही स्थानमा अड्केर बसेका छन् । 
 
अहिले पनि वर्षा भइरहेका कारण राजमार्ग अझै अवरुद्ध हुनसक्ने खतरालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय डोटी सडक डिभिजन कार्यालयलगायत स्थानीयवासीलाई तयारी अवस्थामा राखिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ