arrow

डा. केसीका पछाडि लाग्ने शिक्षण अस्पतालका कसैलाई छुने हिम्मत नगरोस् शिक्षण अस्पताल प्रशासन

logo
बाबु नेपाली
प्रकाशित २०७३ असार २७ सोमबार
govinda-k-c.jpg.jpeg
काठमाडौं । भनिन्छ ‘चुपचाप बसेर अन्याय सहने पनि अपराधी हो ।’ त्यो अर्थमा त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीमा कुनै दोष छैन । किनकि उनले अन्यायविरुद्ध आवाज उठाएका छन् । विकृति विरुद्ध लडेका छन् । चिकित्सा शिक्षाविरुद्धको उनको अभियान सशक्त छ । त्यही अभियानकै कारण उनी आठ पटकसम्म आमरण अनसन बसेका छन् । 
 
उनको पछि लाग्नेहरु हचुवामा लागेका छैनन् भन्ने स्पष्ट छ । किनकि गोविन्द केसी आफै पनि कुनै लहलहैमा र कुनै व्यक्ति वा दलको स्वार्थमा दौडिएका हैनन् । 
 
यतिबेला शिक्षण अस्पताल प्रशासनले उनका पछि नलाग्न त्यहाँका कर्मचारीसहित चिकित्सक एवं विद्यार्थीहरुलाई चेतावनी दिइसकेको छ ।
 
त्यो चेतावनीलाई बेवास्ता गर्दै केही रेजिडेन्ट र केही एमबीबीएस विद्यार्थीहरु उनको हेरचाहमा छन् । डा. केसीको अनसनमा उनीहरुले पनि साथ दिएका छन् । एमबीबीएसका विद्यार्थी नारायण कणेल आफूहरु ‘डरकाबीच सत्यको साथ दिइरहेको’ बताउँछन् । 
 
उनले ‘भोलि के होला भन्नुभन्दा पनि आज हामीले डा. केसीलाई साथ दिएनौं भने भोलि त्यसै पनि अँध्यारो हुनु त छँदैछ नि’ भन्छन् । 
 
असार २६ गते आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह इएनटी भवनको एक कबाडी राख्ने तल्लाको छेउँमा सानो फोहोर कोठामा डा. केसी अनसनमा छन् । पहिलो दिन कोही पनि ठूला मान्छे त्यहाँ पुगेनन् । अर्थात् नेता वा कुनै सरकारी अधिकारी वा मानवअधिकारवादी । 
 
कणेल भन्छन् –हामी एमबीबीएस पढ्ने तीन जना र रेजिडेन्ट डाक्टरहरु तीन जना गरी छ जना आमरण अनसनमा संगै बस्यौं, पहिलो दिन भएर होला कोही पनि आएनन्, सरलाई पनि कुनै खासै अप्ठेरो भएन ।’ दोस्रो दिन पनि खासै मानिसहरु पुगेका छैनन् । सर्वसाधारण होइन सरकारबाट माग पूरा गराउन पनि सरकारी वा नेताहरु ऐक्यवद्ध हुनु जरुरी छ । 
 
कतिपय त अख्तियार दूरूपयोग अनुसन्धान आयोगबाटै चेतावनी आएकाले जाने सम्भावना छैन । किनकि डा. केसीले अख्तियार प्रमुखले पदीय दूरूपयोग गरेको आरोप लगाएका छन् । 
 
यति हुँदा पनि सर्वसाधारणको एक दबाब हुनेमा विश्वास लिन सकिन्छ । किनकि सुरुवात गर्दा सानै हुन्छ जत्था । तर बल्न थालेपछि दाउराको थुप्रो पनि ठूलो विष्फोट निम्त्याउन सक्ने शक्ति बन्छ । 
 
एमबीबीएस विद्यार्थी नारायण कणेल दोस्रो दिनपछि भने भीड बढ्ने विश्वास गर्छन् । त्यसको एउटै कारण हो डा. गोविन्द केसीको इमानदार शक्ति । यो  शक्तिले अरुलाई पनि तानेर उनी सामु लैजाने छ । त्यसैले त कर्णेल पनि आफ्नो भविष्य त्यहीं देख्दैछन् ।
 
कस्ता हुन् केसी ?
उनी त्यस्ता निस्वार्थी चिकित्सक हुन् जसले कुनै क्लिनकमा धाएर पैसा कमाउँदैनन् । त्यसको बदलामा कहीं विपद् प¥यो भने आफ्नो झोलामा औषधि कोच्छन् र पीडित क्षेत्रमा पुग्छन् । उनका लागि गरिब वस्ती भगवानको बस्ने ठाउँ हो । 
 
तिनै गरीवको सेवा उनले आफ्नो कमाइबाटै गर्छन् । उनको पोशाक हेर्ने हो भने कुनै वरिष्ठ चिकित्सकजस्ता लाग्दैनन् । अर्थात् उनी आफ्ना पोशाकमा ध्यानै दिंदैनन् । थोरोको भनाइ आफ्नो शैलीलाई ढाल्दै ‘थोत्रो कोट लगाउ, गरीव बिरामीका लागि औषधि किन ।’ मान्यतामा अडिक छन् । 
 
डा. गोविन्द केसी आफ्नै कमाइ खर्च गर्दै नेपालमात्र होइन विपद्मा विदेश गएर पनि निशुल्क उपचार गरेर फर्किन्छन् । यति महान् काम गर्दा उनले कहिल्यै प्रचारप्रसार गरेनन् । 
 
पत्रकारलाई कहिल्यै आफन्त बनाउने चेष्टा गरेनन् । किनकि कहिलेकाहीं पत्रकारिताले अरुको बारेमा बढाइचढाइ पनि गर्न सक्छ । उनी केवल कर्ममामात्र विश्वास गरे । 
 
डा. केसीजस्ता चिकित्सक शिक्षण अस्पतालमामात्र होइन हरेक सरकारी अस्पतालमा भइदिए त्यहाँका चिकित्सकले काम पाउँथे । 
 
यो कुराको ज्ञान सबै चिकित्सकलाई छ । जो पैसा कमाउनकै लागि चिकित्सक बनेका हुन् उनीहरुलाई गोविन्द केसी मन पर्दैनन् । त्यसैले उनको विरोध गर्ने बढेका छन् । तर केसीलाई कोही चाहिंदैन । उनी एक्लै काफी छन् ।
 
न त महात्मा गान्धीलाई तत्समयमा बेलायतीहरु धपाउन सत्याग्रहका लागि अरुको आवश्यकता परेको थियो । नत विपी कोइरालालाई राणाविरोधी आन्दोलन गर्नका लागि विदेशी सहारा लिनु परेको थियो । ठ्याक्कै अहिले पनि गोविन्द केसी आफ्नो ज्यानको बाजी थापिरहेका छन् ।
 
यसअघि सात पटक आमरण अनसन बसेका केसीले तत्समयमै मृत्यु जितिसकेका छन् । इच्छाशक्तिलाई बलियो बनाइसकेका छन् । उनका मागको सुनुवाइ सरकारले नगरी सुखै छैन । मुलुक समृद्धि बनाउन उनको पछि नलागी सुखै छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ