arrow

फ्रान्सका ग्रिजम्यानलाई गोल्डेन बुट र बल, सान्चेस उत्कृष्ट युवा खेलाडी

logo
प्रकाशित २०७३ असार २७ सोमबार
Euro_Griezman1.jpg.jpeg
काठमाडौं। फ्रान्सकालागि उपाधि जित्न नसके पनि स्ट्राईकर एन्तोईन ग्रिजम्यानले ब्यक्तिगत प्रदर्शनका आधारमा 'गोल्डेन बुट' र गोल्डेन बल जितेका छन्। आफ्नो टोलीलाई उपाधि दिालउन नसके पनि ब्यक्तिगत उपाधिका लागि भने ग्रिजम्यानलाई प्रतियोगिता सुखद रहेको छ। 
 
प्रतियोगितामा उनले ६ गोल गर्दै सार्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका हुन्। उनका निकट प्रतिद्वदन्दिहरुले ३ गोल गरेका थिए। पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका ओलिभर जिराउ र डिमिट्री पाएट र वेल्सका गारेथ बेलले ३-३ गोल गरेका थिए। 
 
परतियोगिताम २ पटक प्लेयर अफ म्याच भएका ग्रिजम्यानले 'प्लेयर अफ टोनामेण्ट' हुँदै गोल्डेन बल अवार्ड पनि हात पारेका छन्। आयरल्यााण्ड र सेमिफाइनलमा जर्मनी बिरुद्ध प्लेयर अफ म्याच जितेका ग्रिजम्यानकालागि ब्यक्तिगत रुपमा युरो २०१६ सम्झन लायक रहने छ।
 
सान्चेस उत्कृष्ट युवा खेलाडी
 
उत्कृष्ठ युवा फुटबल खेलाडीको पुरस्कार पोर्चुगलका रेनाटो सान्चेसले हात पारेका छन्। उनले  पोल्याण्ड बिरुद्ध दर्शनिय गोल गरेका थिए। 
 
सानचेसले युरो फुटबलको फाईनल खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड पनि बनाएका छन्। यसअघि पोर्चुगलका स्टार रोनाल्डोको नाममा उक्त रेकर्ड रहेको थियो। सन् २००४को फाईनलमा रोनाल्डोको उमेर १९ बर्ष १५० दिन थियो भने सान्चेसको १८ बर्ष ३२६ दिन रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ