arrow

रोल्पा विद्रोही होइन, ‘यहाँ त सुन फल्छ’

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २७ सोमबार
Liwang-Rolpa.jpg.jpeg
रोल्पा । “रोल्पाको माटोमा सुन फल्छ तर हामी नुन सम्म आर्जिने प्रयास गर्दैनौं, यसको कारण हो हामीले यहाँको माटो चिन्न सकिरहेका छैनौं” मिझिङ ७ सुलिचौर रोल्पाका खरिलाल घर्तीमगरले भने  ।
 
“जव सम्म हामी विदेशी भूमिमा रगत पसिना बगाउन छोड्दैनौं तब सम्म यो माटो बाँझो नै रहन्छ” । करिव १४ वर्ष विदेशी भूमीमा श्रम गरेर फर्केका घर्तीमगर हाल सुलिचौर रोल्पामा कुखुरा पालन संगै फ्रेस हाउस खोलेर बसेका छन् । 
 
जिल्ला पशुसेवा कार्यालय रोल्पाबाट विभिन्न समयमा पाएको तालिम र सल्लाह सुझावबाट नै आफू यो क्षेत्रमा लागेको उनको भनाइ छ । उनी भन्छन् “विदेश जाँदा म एक जनाको मात्र कमाई थियो अहिले सबै परिवार यस क्षेत्रमै होमिएका छौं । बुढाबुढी नै बेरोजगार बस्नु परेको छैन । दैनिक आम्दानी राम्रो छ ।  पेटभरी खाएर, जिउभरी लगाएर अनि जहान बच्चा पढाएर बचेको पैसा बचत गर्दै आएको छु ।
 
१४ वर्ष विदेशी भूमिमा पसिना बगाए, केही कमाई पनि गरे तर अहिले जति खुशी छु त्यो बेला कहिले पनि मनमा खुशी आएन । विछोडमा पिल्सिएर विदेशी भूमिमा बाँच्नु भन्दा परिवारको साथ सहयोग र मायाको चौतारीमा रहेर केही गर्दाको मजा नै अर्कै हुदो रहेछ । दुःख अप्ठेरो पर्दा एकले अर्कालाई सहयोग गर्न पाइन्छ, आफ्नै माटोको महत्व समयमा चिन्न सकेको भए सायद त्यो लामो समय परदेशी भूमिमा बिताउने थिइन” अहिले उनलाई  पश्चाताप भएको छ । 
 
विदेश जाने युवाहरुलाई स्वेदशमै केही गर्न उनको सल्लाह छ । उनी भन्छन् सिप सिक्नु पर्छ, श्रम गर्न सक्नु पर्छ, यहाँको माटोमा अवश्य सुन फल्छ । लिबाङ ६ काभ्रेखर्क रोल्पाकी श्यामकुमारी थापापनि करिव ७ वर्षदेखि लिबाङमा कुखुरा पालन संगै फ्रेस हाउस खोलेर बसेकी छन् । 
 
जिल्ला पशुसेवा कार्यालय रोल्पाबाट कुखुरा पालन सम्बन्धि तालिम पाएपछि यस क्षेत्रमा प्रवेश गरेको बताउने थापा केहीवर्ष पहिले श्रीमान् विदेश हुँदाको पललाई संझदै भन्छिन् “त्यो बेला सिप थिएन, स्वेदशमै रोजगारीका अवसर छन् भन्नेकुरा बुझेको भए उहँँलाई खाडी मुलुकमा पठाउने थिइन । 
 
साथीहरुको लहलहैमा लागेर विदेश जानुभयो, अलिअलि पैसा पनि पठाउनु भयो तर उहाँले विदेशमा एक्लै पसिना बगाएर दुःख गर्ने हामीले स्वेदशमा खर्च गर्ने यस्तै भयो । जब कुखुरा पालन गर्न सिके अनि दैनिक गुजारा चल्न थाल्यो उहाँको कमाइ बचत हुन थाल्यो । अनि अहिले श्रीमान पनि स्वदेश फर्कनु भएको छ ।
 
दुबै जनाको कमाइबाट एउटा गाडी किनेका छौं । उहाँ गाडीमा हिड्नु हुन्छ म कुखुरा पालन ब्यवसायमा रमाएकी छु, ‘निकै गम्भीर हुँदै उनले भनिन्, ‘अहिले हामीलाई आर्थिक अभाव छैन । सबै परिवारपनि संगै बस्न पाएका छौ ।’ सुखसंग जीवन चलाउन स्देशमै धेरै अवसरहरु छन् भन्नेकुरा मैले अहिले राम्ररी बुझेकी छु । तर त्यसका लागि अनुशासन हुनुपर्छ । मेहनत र श्रम गर्न हिचकिचाउनु हुँदैन ” । 
 
खरिलाल र श्यामकली जस्तै शान्ति नगर गाविस वडा नं. ७ दाङकी निर्मला मल्ल पनि करिब ८  वर्षदेखि रोल्पामा कुखुरा पालनसंगै फ्रेस हाउस खोलेर बसेकी छन् । “साथीहरु विदेश गए हामीले स्देशमै यो पेशा रोज्यौ । रोल्पामा त्यतीबेला अहिले जस्तो कुखुरा पालन र फ्रेस हाउस नभएको हुँदा दाङबाट रोल्पा आएका हौं । आम्दानी राम्रै भएको छ । खान लगाउन प्रसस्तै पुगेको छ । यौटा घडेरी पनि किनेका छौं अब केही वर्षमा घरबनाउने योजना छ ।
 
आवश्यकता टरेकै छ दैनिक घरखर्च चलेकै छ आफ्नो पेशामा दुवैजना सन्तोष छौं किन जानुप¥यो विदेश” ? मल्ल भन्छिन्– “श्रीमानले केही तालिम लिनु भएको छ । तर मैले खासै तालिम लिने अवसर पाएकी छैन” । क्षमता विकास गर्न सके यो क्षेत्रलाई अझ विस्तार गर्दै लैजाने उनकोे चाहना छ । 
 
अशिक्षा, चेतना अभाव र बेरोजगारीका कारण दैनिक हजारौं युवाहरु विदेश पलायन हुन बाध्य छन् । प्रत्येक युवालाई सीपको खाँचो छ । अबका दिनमा जसरी भएपनि राज्यले यी युवाहरुलाई स्वदेशमै श्रम गर्ने व्यवस्था मिलाउन जरुरी देखिन्छ । युवा लक्षित कार्यक्रमहरु संचालन गरी नेपाली श्रम र सीपलाई स्वेदशमै खर्च गर्न सके अवश्य रोल्पाली मात्र होइन नेपाली माटोमा सुन फल्छ । 
 
अव विद्रोही रहेन रोल्पा 
सशस्त्र द्वन्द्वको समयमा रोल्पा तत्कालिन नेकपा माओवादीको प्रमुख आधार इलाका रहयो रोल्पा । रोल्पाको पनि थबाङ विद्रोहको प्रस्थान विन्दु मानियो । अन्ततः थबाङले २०६४ को संविधान सभापछि पार्टी पहिलो भएर आफुलाई उठाएको हेर्न चाह्यो । युद्ध लड्दा लड्दै लडेको थबाङ माथि उठेन । 
 
युद्धको आधार क्षेत्र मानेको पार्टीले दुई पटक आफ्नै नेतृत्वमा सरकार चलायो । गठबन्धनमा समेत पटक–पटक पार्टी सरकारमा गयो । अहिले पनि सरकारमा छ । तर, थबाङ उठेन । जसको फलस्वरुप थबाङले २०७० को पछिल्लो संविधान सभा निर्वाचनमा समेत विद्रोह गर्नु पर्यो । जुन संविधान सभाले संविधान निर्माण गरिसकेको छ । तर, थबाङ फेरि पनि उठ्न सकेन । लडेको थबाङ छोडेर गएकाहरु समेत अब थबाङको पूरानो साख फर्काउन लागि परेका छन् । घर फिरेका छन् । अव रोल्पा विद्रोही रहेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ