arrow

सांसदको सडकले बस्तीमा पहिरो, बस्ती नसारे प्रसासनमा आएर आत्महत्या गर्ने

logo
प्रकाशित २०७३ असार २७ सोमबार
bajhang-sadak-pahiro6.jpg.jpeg
शैलेन्द्र रोकाया। बझाङ। जिल्लालाई यातायात संजालमा जोड्ने भन्दै डोजर लगाएर खन्न सुरु गरिएको जडारीगाड कोइरालकोट सडकबाट पहिरो बगेर घरहरु भत्कन थाले पछि मालुमेला गाबिस ८ आम बगरका २५ परिबारको बिचल्ली भएपछि बस्ती सुरक्षीत स्थानमा बस्ती सार्न स्थानियहरुले माग गरेका छन्। शुक्रबार उनिहरुले जिल्ला प्रसासन कार्यालयमा एक ज्ञापन पत्र बुझाउदै मालुमेला गाबिसको भुवा र आम बगर गाँउमा पहिरोले घरहरु भत्केर बस्न नसक्ने स्थिती भएको भन्दै गाँउलेहरुले बस्ती सार्न माग गरेका हुन्। 
 
वातावरणिय क्षतिको पुर्व आँकलन नै नगरी सडक स्टिमेट सहित सर्बे गरेर सडक खन्नका लागी डोजर संचालन गर्दा मालुमेला गाविस वडा नं ८ मा रहेको आमबगर बस्ती तहस नहस भएको छ। गाँउको सिरानीमा सडक खने पछि पहिरो गएर घर भत्किदा २ परिवार पुर्णरुपमा विस्थापित भएर नजिकैको मष्टा प्राथमिक विद्यालयमा शरण लिएर बसेका छन् भने अन्य छ वटा घरमा डोजरले लडाएका ढुङ्गा लागेर क्षती भएको छ। 
 
‘सिमसिमे पानी पर्ने वित्तिकै ठुला ठुला ढुङ्गा खस्न सुरु हून्छन। ’ स्थानिय दिल बहादुर खत्रीले भने ‘गए राती मात्र पानी पर्न सुरु भए पछि मध्य रातमा ढुंगा सहित पहिरो बग्न थाले पछि केटाकेटी सहित स्कुलको चौर तिर आयौ। यस्तो कार्य भइरहेको एक महिना भयो। एकदिन पनि राम्रो संग सुत्न पाएका छैनौ’।
 
सडक खने पछि आएको पहिरो पछि खसेका ठुलठुला दुई ढुङ्गा लागेर उहाँको घरको छत र दाँया तर्फको भित्ता भत्किएको छ भने भित्तामा चिरा चिरा परेका छन्। पहिरोका कारण आम बगर गाँउमा कुनै एक ठाँउमा १० मिनेट समेत उभि रहने स्थिती छैन्। सडकबाट आएको पहिरो सहित ढुङ्गा लागेर कैले दमाइ र कान्पुरी सार्कीको घर पुर्ण रुपमा ध्वस्त भएको छ। उहाँहरु नजिकैको स्कुलको कम्पाउड भित्र रहेको तर वन कार्यालयको भत्किनै लागेको रेञ्जपोष्टको भवनमा बसिरहेका छन्। 
 
पहिरोको त्रासले सामान्य पानी पर्ने वितिकै आम बगर बासी भागाभाग गरेर गाँउकै एक मात्र पराकिलो मस्टा प्राबिको प्राङगणमा आउछन्। स्थानिय बिश्व प्रकाश जोशीले भने ‘ठुला ठुला ढुङ्गा गोली आए जसरी खस्छन। पुरै गाँउ नै थर्किन्छ। २०५७ साल जेठमा आएको बाढीले उनिहरुको पुरानो अफ्लावगर बस्ती बगाए पछि यहाँ सरेका थिए। 
 
सडक खनेको माटो बगेर आमबगरबासीको करिब १५ रोपनी भन्दा बढी धान रोपेका खेतहरु बगरमा परिणत भएका छन्। पानी पार्ना साथ दिन दिनै बगिरहेको माटोले अरु खेत पनि पुरिने क्रममा रोकिएको छैन्। लगाएको धान र खेत पुरेको पुर्यै हुन थाले पछि अब के गर्ने होला आउदो बर्ष त अबस्य भोकमरी हुन्छ स्थानिय बलराम भण्डारीले भने यो त अति नै भयो घर सडकबाट आएका ढुङ्गाले छियाँ छिया छ कहाँ गएर बस्ने हो।’
 
आमबगरबासीहरु यो समस्या लिएर ३ पटक जिल्ला प्रशाशन कार्यालय धाइसकेका छन। यसरी पहिरोको त्रासले आतंकित भएका स्थानिय बासीले तत्कालै समस्या समाधान नभए जिल्ला प्रसासन कार्यालयमै आएर आत्म हत्या गर्ने चेतावनी समेत दिएका छन्। 
 
पहिरोले घर भत्किएर नजिकैको बिध्यालयमा शरण लिएर बसिरहेकी मनिसा दमाईले भनिन पानी पर्दा रात भरि नसुतेरै बस्ने गरेका छौ। न खान लाई खानेकुरा छ। भएको अन्न पनि पहिरो सँगै गए पछि अन्य गाँउलेको सहारामा बाँची रहेको बताइन। उनले भनिन् ' हाम्रो समस्याप्रति गम्भिर भइदिनु होस, नभए गाई गोरु लालाबालाहरु सहित जिल्ला प्रसासनमा आउने छौ।’ 
 
खाध्य सुरक्षा सम्बन्धी काम गर्ने संस्था फियानका जिल्ला प्रतिनिधी बसन्त प्रताप सिंह सहित पत्रकारहरुको एक टोलीले त्यस क्षेत्रको स्थलगत अबलोकन गरि फर्केको छ। फियानका जिल्ला प्रतिनिधी बसन्त प्रताप सिहंले जिल्ला प्रसासन कार्यालयले तत्कालै उनिहरुको समस्या समाधानमा गम्भीर बन्नु पर्ने बताए। बाँच्न पाउने मान्छेको नैसर्गिक अधिकार हो त्यो राज्यले सुनिश्चत गरि आम बगर बासीका समस्या बुझ्नु पर्छ।
 
जिल्ला प्रशाशन कार्यालयले भने पिडितको समस्याले आफुहरुले गम्भिर रुपमा लिएर समाधानको पहल गरिरहेको बताएको छ। प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आफुले सडक डिभिजन कार्यालयसँग समन्वय गरि सोमबार एक टोली सहित अनुगमन गरि समस्या समाधानमा लाग्ने बताए। ‘सडक डिभिजन कार्यालयका प्रमुख बझाङ बोलाएको छु।’ खनालले भने ‘क्षतिपुर्ती लगायतका विषय टुगों लाग्छ।’ 
 
सडक डिभिजन कार्यालय बैतडीले वातावरणिय परिक्षण गर्नका लागी लामो समय लाग्ने बताएको छ। सांसदहरुले छनौट गरेको योजना भएको तथा तत्काल कार्यान्वयन गर्नुपर्ने योजना भएकोले सो काम नगरिएको कार्यालयले बताएको छ। सडकका कारण विग्रेको संरचना र घर पुर्न निमार्ण गरिदिन सकिने उल्बलेख गर्दै डिभिजन प्रमुख रामकुमार देवले भने ‘सडकका कारण जे जती क्षती भएको छ त्यसलाई जस्ताको त्यस्तै बनाइ दिनका लागी आगामी वर्षको प्राथमिकतामा राख्ने छौ’। 
 
२ करोड बरावरको सामुदायिक पुर्वाधारमा क्षती 
२०७२ साल जेठमा जिल्ला विकास समितिको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको करिव चालीस लाख र स्थानियको श्रमदान गरि १ करोड ५० लाख भन्दा बढीको लागतमा निमार्ण भएको जडारीगाड मालुमेला सिचाई कुलो सडकबाट खसेको ढुङ्गा लागेर ठाउँ ठाउँमा क्षति ग्रस्त भएको छ। 
 
कुलो संचालन नहुदा जेठ मसान्त मै रोपाई सकिने मालुमेला जिउलो (धानखेती हुने उब्जाउ फाँट) मा अहिलेसम्म रोपाई हुन सकेको छैन। समयमै रोपाई नभए पछि मालुमेला गाविस वडा नं ५, ७, ८ र ९ का ८५ परिवारको २ सय रोपनी जग्गा अहिले सम्म बाझै छ। 
 
यस्तै जिल्ला विकास समितिको जलश्रोत परियोजना र स्थानियको श्रमदान गरि करिब १६ लाखको लागतमा २०७१ सालमा निमार्ण गरिएको आमबगरबासीको खानेपानी पनि पुर्ण रुपमा ध्वस्त भएको छ। खानेपानीको मुख्य लाइनमा राखिएका फलामे पाइपहरु ढुङ्गा लागेर टुक्रा टुक्रा भएका छन्। पानी संचय गर्ने टयाङकी फुटेर प्वाल परेको छ। गाँउमा पानी वितरण गर्ने पाइपलाइन हरु दर्जनौ ठाँउमा च्यातिएका छन।  ३ वटा धारा ढुङ्गा लागेर पुर्ण रुपमा काम नलाग्ने भएका छन। 
 
खानेपानीको योजना ध्वस्त भए पछि आमबगरबासीहरु एक महिना देखी सेतीको दुसित पानी खान बाध्य भएका छन्। सेती नदीको बर्खाको भेल मिसिएर आएको पानी पिउँदा विभिन्न खालका समस्या देखिन थालेको स्थानिय मष्टा प्राथमिक विद्यालयका शिक्षक हरिनारायण जोशिले बताए।
 
जाने थुप्रै बाटाघाटा पनि विग्रीएका छन्। बाटाघाटा विग्रिए पछि गाइबस्तु चराउन लैजानका लागी समेत समस्या भएको छ भने दुइ वटा सामुदयिक वनका ५ सय भन्दा बढी रुख समेत ढलाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ