arrow

'बैंकका सञ्चालकहरुको कार्यकाल सीमा हटाउनु गलत'

logo
प्रकाशित २०७३ असार २७ सोमबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौं। बैंकमा सञ्चालक रहेका सांसदहरुको सक्रियतामा अर्थ समितिले बैङकका सञ्चालकहरुको कार्यकाल नतोकि संसदमा पठाएको विषयमा पुन बहस सुरु भएको छ। केहि बैंकर्सले कार्यकाल तोक्न नहुने धारणा सहित पहल गरिरहेको बेला केहि बैंकर्सले भने कार्यकाल तोक्नै पर्ने धारणा राखेका हुन्। 
 
एपेक्स डेभ्लप्मेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालले एक कार्यकाल नै प्रयाप्त हुने र बढीमा दुई कार्यकाल भन्दा एउटै व्यक्ति सञ्चालक वा अध्यक्षको हुन नपाईने व्यवस्था गरिनु पर्ने धारणा राखे। उनले केहि सांसद समेत रहेका बैंकर र बैंकर्स संघका अधिकारीहरु कार्यकाल तोक्न नहुने विषयमा लविङ्ग गर्दै हिडेता पनि यसो गर्दा वित्तीय क्षेत्रमा विश्वास गुम्नुका साथै धरासायी हुने बताएका हुन्। 
 
बैंकका संचालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने लगायतका विषयमा आफ्नो समर्थन नरहेको समेत धारणा उनको छ। उनले भने “सबै  कार्यकाल तोक्न हुन्न भन्ने सबै बैंकर वा सञ्चालकहरुको धारणा हैन म पनि एउटा बैंकको अध्यक्ष हु तर म कार्यकाल नतोकेर लोकतान्त्रीक कदमबाट पछाडी हट्ने र वित्तीय क्षेत्रलाई ध्वस्त बनाउने पक्षमा छैन। 
 
उनले बैंक तथा वित्तीय संस्थालाई अझै प्रभाबकारी बनाउन र सबैको पहुचमा वित्तीय क्षेत्र पुर्‍याउनको लागि अझ बढि प्रभावकारी काम गर्नुपर्ने धारणा समेत राखेका छन्। यसको लागि राष्ट्र बैंकले उचित कदम चाल्नु पर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ