arrow

तीनकुने पार्क निर्माणमा एक अर्ब लाग्ने

logo
प्रकाशित २०७३ असार २७ सोमबार
tinkunepark.jpg.jpeg
काठमाडौँ । तीनकुनेमा निर्माण गर्न लागिएको अत्याधुनिक र सुविधासम्पन्न पार्क निर्माणका लागि रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदन सार्वजनिक गरिएको छ । 
 
काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको छलफल कार्यक्रममा निर्माणका लागि अनुमानित लागत मूल्यसहित प्रारम्भिक ढाँचा सार्वजनिक गरेको हो । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन उक्त पार्कको मध्यभागमा १६ मिटर अग्लो बुद्धको मूर्ति निर्माण गरिने बताइएको छ । 
 
बुद्धको मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष रहने छन् भने पार्क र बाहिरी भागको बीचमा पानीको फोहोरा रहने छ । महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले सहरलाई समृद्धितर्फ लैजान महत्वाकाङ्क्षी र बहुवर्षीय योजना अघि सारिएको बताए। करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त पार्कभित्र एकैपटक २०० जना व्यक्तिले योग गर्न सक्ने योगकक्ष समेत निर्माण गरिने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ