arrow
ADVERTISEMENT

अमेरिका र दक्षिण कोरियालाई कारबाही गर्ने उत्तर कोरियाको धम्की

logo
प्रकाशित २०७३ असार २७ सोमबार
MAIN-war-korea.jpg.jpeg
सोल । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली राख्ने भनी गरेको घोषणाको कडा विरोध गरेको छ । 
 
उसले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आफुले भौतिक रुपमा कारबाही गर्ने चेतावानी दिएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । सोमबार उत्तर कोरियाको सो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरिया आफैले भने गत शनिबार मात्र पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको थियो । 
 
उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको थियो । दक्षिण कोरियाको रक्षामन्त्रालयले बताएअनुसार शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो । तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाली उक्त मन्त्रालयले जानकारी दिएको छ । 
 
उत्तर कोरियाको उक्त कार्यको विश्वव्यापी रुपमा निन्दा भई नै रहेका बेला यता उत्तरले भने सोमबार बिहान यस्तो धम्की दिएको अर्को एक समाचारमा जनाइएको छ । उत्तर कोरियाले भनेको छ– उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यस कार्यका विरुद्धमा भौतिक कारबाही सम्म पनि गरिने छ । 
 
अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्यितगरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए । 
 
यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले गएको शनिबार पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने जनाएको छ । 
 
उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ । शनिबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट सो क्षेप्यास्त्र फालिएको र सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो । 
 
दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी पनि गरिरहेको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ । 
 
पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ । 
 
उत्तर कोरियाली राष्ट्रिय सेनाको तोप विभागले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । उक्त विभागको विज्ञप्तिमा भनिएको छ– यदि यी दुई देशले यसअघि घनिएजस्तै अत्याधुनिक खालको यस प्रतिरक्षात्मक प्रणालीको जडान गर्ने हो भने हामी सोही दिनदेखि नै त्यसमाथि आक्रमण गर्नेछौँ । 
 
उक्त प्रणालीको जडान दक्षिण कोरियामा गर्ने भएकोले दक्षिण कोरियाको उक्त स्थानमा नै भौतिक क्षति हुनेगरी आक्रमण गरी कारबाही गरिने जानकारी उक्त विभागले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ