काठमाडौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अदालतको अपहेलनाका विषयमा तीन दिनभित्र जवाफ दिन आदेश दिएको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजालसले कार्कीसँग जवाफ माग्दै अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै यस्तो आदेश दिएको हो ।
पत्रकार कनकमणी दिक्षीतको पत्नी शान्ता दीक्षितले दर्ता गराएको अपहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । कार्कीले तीन दिन भित्र जवाफ दिन भन्दै सर्वोच्चलाई कार्कीको जवाफ चित्त नबुझेमा सजाय गर्न सक्ने र अपहेलना भएको ठहर भएमा दश हजार जरिवाना र एक बर्ष जेल वा दुवै सजाय हुनसक्ने छ ।