arrow

केसीलाई भेट्नेमाथि प्रहरीले बढायो निगरानी

‘रजिस्टर इन्ट्री’ नगरी प्रहरीले भेट्न दिँदैन गोविन्द केसीलाई

logo
प्रकाशित २०७३ असार २७ सोमबार
govinda-kc.jpg.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि आठौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीलाई भेट्नेमाथि प्रहरीले कडाईका साथ निगरानी गर्न थालेको छ । 
 
प्रहरीले केसीलाई भेट्न जानेलाई व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा नाम, ठेगाना, पेशा, आवद्ध संस्था, सम्पर्क नम्बर सहितको (रजिस्टर इन्ट्री) विवरण लेखाएर मात्रै भित्र जान दिइरहेको छ । त्रिवि शिक्षण अस्पताल प्रशासनले आइतबार भेट्न जाने गरेको बाटो बन्द गरी बाहिरबाटै बाटो बनाइदिएको छ । 
 
प्रहरीले भित्र छिर्ने वित्तिकै सोधखोज गर्छ, त्यसपछि फेरि भर्याङमा पनि सोध्छ, व्यक्तिगत विवरण नटिपाई जान दिँदैन केसीलाई भेट्न आएका एक सहभागिले भने । १५–२० जनाको प्रहरी जत्थाले सुरक्षामा कडाई गरेको छ । केसीले आफुले पछिल्लो समय राखेको ४ सुत्रिय माग र विगतमा सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्न भन्दै आइतबार अपरान्हबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसेका हुन् । 
 
सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै केसीले अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमरण अनसन सुरु गरे । लगातार सात पटकसम्म अस्पताल प्रशासनले केसीलाई अनसन बस्ने ठाउँ दिदै आएकामा यसपटक अस्पतालमा केसीलाई ठाउँ नदिएपछि डी ब्लकको एउटा साँघुरो कोठामा केसी अनसन बसेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ